उदयपुर । उदयपुरमा नगरपालिका मध्येकै सवैभन्दा विकट तथा क्षेत्रफलको हिसावले दोस्रो कटारी नगरपालिका हो । यहाँका अधिकांश भुभाग पहाडी क्षेत्रमा परेकोले विकास निर्माणमा केही असहज भएपनि विकास निर्माणको कामको गुणस्तरमा कसैसँग पनि कम्प्रमाईज गरेको पाईदैन् । यहाँका अधिकांश कामहरु गुणस्तरयुक्त हुने गरेको छ ।
यसै साता कटारी नगरपालिका १० सोरुङ्गछविसेका ३९ वर्षिय टंक बहादुर सुनुवार लकडाउन सहज बन्दै गएपछि उनी किनमेल तथा अन्य कामको लागि कटारी बजार आएका थिए । उनी भूगोल पार्क हेर्दै आईरहेका थिए । उनको नजर पश्चिम तर्फ सडक ढलान भईरहेको काम तर्फ गयो । केही व्यक्तिहरु फोटो खिचिरहेको थियो । उनी लगायत उनीसँगै आएका एक जनाको नजर पनि उत्तै तान्यो । उनले त्यो कामदारको फोटो पो खिचेको रहेछ देख्यो । उनले फेरी पनि खासै वास्ता गरेनन् । उनले मनमनै सोचे, ‘त्यो मोटे कामदारको फोटो किन खिचेको हो । इन्जिनियर वा ठेक्केदार होला ।’ पछि अरुलाई सोध्दा उनी त मेयर हुन् । उनी अझै विश्वस्त हुन सकेन् । उनले नजिकै गएर हेर्दा साँचिकै काम गर्ने त हाम्रै नगरपालिकाको मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) पो रहेछ । मेयर आधा घण्टादेखि भाइब्रेटर मेसिनले सडक ढलानमा मसलालाई थिचिरहेको थियो ।

कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले कंक्रिट सडकको ढलानमा भाइब्रेटर चलाउँदै गरेको अवस्था । तस्विर : नागरिक बहस

उनले यो सव दृश्य देखिरहे । उनले भने, ‘सवै जनप्रतिनिधिहरु यस्तै भयो भने देशले विकास निर्माणमा चाँडो फडको मार्ने र गुणस्तरयुक्त हुन्छ । गुणस्तरहिन कसैले गर्न पाउँदैन ।’
कटारी नगरपालिका ३ र ४ वडाको विचमा भूगोलपार्क पश्चिम तर्फ १ सय ८२ मिटर लम्बाई रहेको सो सडकको ढलानमा मेयरले सडक गुणस्तर कायम गर्न आफैले भाइबे्रटर मेसिन चलाई रहेका थिए ।
सडक ढलानमा गुणस्तरहीन काम हुन सक्ने भएकाले आफै प्रत्यक्ष सहभागी भएर सिमेन्ट, गिट्टी र बालुवाको मिश्रण सहि छ कि छैन अनुगमन मात्र होइन गुणस्तर कायम गर्न आफैले भाइब्रेटर मेसिनले ढलान थिचेको मेयर श्रेष्ठले बताए । ‘कंक्रिट सडक ढलानमा निर्माण व्यवसायीले स्टीमेट अनुसार काम नगरेकाले भाइब्रेटर मेसिनले थिचेको हुँ ।’ मेयर श्रेष्ठले भने ‘कटारी नगरपालिकाले विकास निर्माणको गुणस्तरमा कुनै सम्झौता गर्न सकिदैन, ठेक्केदार मेरो भाई भतिज तथा छोरा किन नहोस् ।’ उनले भने, ‘म जनताको मेयर हुँ त्यसैले मलाई जानेको काम गर्न कुनै लाज लाग्दैन ।’ म जनताको मेयर भएकोले सदैव जनतासँगै सुख दुःखमा साथ दिने बताए । उनी ठूला साना प्रायः सवै योजनाहरुको गहिरिएर अनुगमन गर्ने गरेको छ । कटारी नगरपालिकाले सो कंक्रिट सडक ढलान गर्न ठेक्का दिएको थियो । १ सय ८२ मिटर कंक्रिट सडक निर्माण गर्न ५० लाखमा निर्माण व्यवासायीलाई ठेक्का दिएपनि चित्त बुझ्दो काम नभएपछि मेयर श्रेष्ठले आफैले भाइब्रेटर मेसिनले थिचेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद आचार्यले जानकारी दिए ।
‘कटारी नगरपालिकाले संचालन गर्ने योजनाहरु गुणस्तरयुक्त हुन भनेर हामीले निगरानी गर्दै कडाई गरेका छौ ।’ प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने ‘कटारी नगरपालिकाका मेयर श्रेष्ठले मै हँु भन्ने घमण्ड नगरिकन विकास निर्माणको गुणस्तर कायम राख्न प्राविधिकहरुलाई समेत सहयोग गरिरहनु भएको छ ।’
समयमै योजना निर्माण सक्न गाउँ गाउँ प्राविधिक खटाएर योजनाको लगत स्टमेट बनाउने, वडा कार्यालयमै गएर योजना सम्झौता गर्ने जस्ता जनमैत्री कार्यहरु संचालन गर्दै आएको छ ।

कटारी नगरपालिका जानेबाटोको कालेपत्रे गर्दा मेयर श्रेष्ठले रोलर चलाउँदै । तस्विर : नागरिक बहस

यस अघि कटारी कटारी नगरपालिकाका मेयर श्रेष्ठले सडकको कालोपत्रे गुणस्तर कायम गर्न आफैले रोलर चलाएका थिए । आफ्नो नगरको विकासका लागि विभिन्न रचनात्मक कार्य गर्दै आएका मेयर श्रेष्ठले यसअघि गुणस्तरहीन काम हुन नदिन आफैले नगरपालिका जाने कालोपत्रे सडकमा रोलर चलाएर चर्चामा आएका थिए ।

सर्वसाधारणलाई कोरोना भाइरसबाट बच्न उनले हर प्रकारका प्रयासहरु जारी राखेको देखिन्छ । कहिले आफै सडकमा आएर सर्वसाधारणलाई दश औंला जोडेर कोरोना भाइरसबाट बच्न सामाजिक दुरी कायम गर्न, सुरक्षा सामग्रीको प्रयोग गर्न अनुरोध गर्दै आएको छ । यस्तै वन डढेलो नियन्त्रण, नापी कार्यालयले लिएका अनुचित रकम फिर्ता लगाएतका मनछुने कामबाट चर्तित बनेका छन ।

तपाईको प्रतिक्रिया