उदयपुर । त्रियुगा नगरपालिकाले स्वास्थ्य, शिक्षित, उद्यमशिल, हाम्रो सहर, समुन्नत समावेशी समृद्ध त्रियुगा नगर भन्ने नारा सहित हरित नगरको अभियान थालेको छ । त्रियुगा नगरपालिका १२ विसनपुर त्रिवेणी टोलमा हरियाली पार्क निर्माण स्थलमा वृक्षारोपण गरी हरित नगरको शुभारम्भ गरेको हो ।
मेयर, उपमेयर, प्रजिअ, सुरक्षा प्रमुखहरु, राजनीतिक दलका नेता, सामाजिक क्षेत्रका अगुवाहरुले बृक्षरोपण गरेका छन् । यो सुरुवातीसंगै अव हरेक वडाहरुमा वडाध्यक्षहरुको अगुवाईमा हरित वडा बनाउन बृक्षरोपणले निरन्तरता पाउने नगरपालिकाका योजना अधिकृत दिनेशकुमार सिवाकोटीले बताए । बृक्षरोपणका लागि मलेसियन सालको विरुवा रोजिएको छ । काठ प्रायोजनसमेतका लागि उपयुक्त हुने मलेसियन साल नदि कटान रोक्न तथा पार्क सजाउनका लागि रोजिएको नगरपालिकाले जनाएको छ ।
हजारौंको संख्यामा गरिने बृक्षरोपणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विशेष सहयोग रहने र प्राविधिक सहयोगमा वन कार्यालयको रहने बताइएको छ ।त्रियुगा नगरपालिका– १२ त्रिवेणी बिसनपुरमा रहेको औद्योगिक ग्राममा त्रियुगा नदि किरानामा हरियाली पार्क निर्माण गर्न बृक्षारोपणको शुभारम्भ गरिएको मेयर बलदेव चौधरीले बताए । नगरपालिकाले औद्योगिक ग्रामका लागि ४० बिगाहा जग्गा संरक्षण गरिएको छ । संरक्षित जग्गामा मलेसियान जातको साल रोपिएको मेयर चौधरीले बताए ।नगरपालिकाले नगर भित्रका १६ वटा वडामा नै साउन पहिलो हप्ता भरि बृक्षारोपण अभियान सञ्चालन गरिने जानकारी दिए । जसमा प्रत्येक वडामा १ हजारका दरले साल रोपिने छ भने औद्योगिकग्राममा १० हजार बिरुवा रोप्ने तयारीमा रहेको नगर प्रमुख चौधरीले भने । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति आयोजना ईकाई कार्यालय सलकपुर मोरङले निःशुल्क रुपमा मलेसियान जातको २५ हजार बिरुवा उपलब्ध गराएका छन् ।चालु आर्थिक वर्षका लागि सघन शहरी बिकास कार्यालय राजबिराजले हरियाली पार्क निर्माण गर्नका लागि ५० लाख रुपैया बिनियोजन गरेको जानकारी नगर प्रमुख चौधरीले दिए । त्रिवेणीटोल हरियाली पार्क र शान्ति धामलाई जोड्ने गरि योजना बनाईएको स्पष्ट पारे । औद्योगिक ग्राम नजिकै त्रिवेणी धाम पर्ने भएकाले यहाँ नदि भित्र शिवजीको मुर्ति स्थापना गर्ने योजना रहेको औल्याए । औद्योगिक ग्राममा चालु आर्थिक वर्ष भित्रनै फोहोरलाई मोहर बनाउँने अभियान र १५ मेगावाटका सोलार प्लान स्थापना गरिन लागेको जानकारी दिए ।गत वर्ष त्रियुगा सभ्यता र विकास अभियान अन्र्तगत त्रियुगा नदी सरसफाई थालिएको छ । त्रियुगा नदीलाई बहु उपयोगी बनाउन तथा त्रियुगा नदीको दिगो व्यवस्थापन गर्ने उद्देश्यले त्रियुगा नगरपालिकाले सरसफाई अभियान थालेको हो । त्रियुगा सभ्यता’ कार्यक्रम अन्तर्गत औपचारिक रुपमा त्रियुगा नगरपालिका– ७ कालीखोलामा मदन भण्डारी पार्क निर्माण गरि सरसफाई अभियान थालिएका थिए ।त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीले त्रियुगाको सिरदेखि तीर दोभान सम्मको ४२ किलोमिटर दूरीमा दुवैतर्फ जैविक प्रविधिको बाँध निर्माण, सिँचाइ, विद्युत् र खानेपानी योजना सञ्चालन गर्ने उद्देश्यका साथ अभिायन थालेको जानकारी दिए । नगर प्रमुख चौधरीले भने, त्रियुगा नदिलाई बहुउपयोगी बनाउन सिर देखि तिर सम्म समेटेर गुरुयोजना बनाएर अभियान थालेकाछौं ।त्रियुगा नदी यस क्षेत्रका लागि अभिषाप बन्दै गएकोमा यसलाई बहु उपयोगी बनाउन गुरु योजना बनाएर काम सुरु गरेको जानकारी दिए । त्रियुगा नदीलाई बहुउपयोगी बनाउन गुरु योजना (डिपिआर ) तयार पारिएको छ । नदीको दिगो व्यवस्थापन गर्दै अभिषापलाई ‘बरदानमा’ सावित गर्ने उद्देश्यले नगरपालिकाले ‘त्रियुगा सभ्यता’ र विकास नाम दिएर अभियानको थालनी गरेको नगर प्रमुख चौधरीको भनाई रहेको छ । त्रियुगा सभ्यतासँग त्रियुगा नदी नियन्त्रण तथा सफाई अभियान थालिएको हो । त्रियुगालाई आमाको रुपमा हेरौं, त्रियुगा आमा हो, यसलाई स्वच्छ सफा बनाऔं ।बरुवा र त्रियुगा नदीमा बसेर्नी आउने बाढीले खेतीयोग्य जमिन कटान गर्नुका साथै जनधनको क्षति गर्दै आएको त्रियुगा नदीको दिगो र भरपर्दो व्यवस्थापन गर्न नगरपालिकाले त्रियुगा सभ्यता र बिकास नाम दिएर काम थालेको हो ।

एकिकृत विकास परियोजना अन्तर्गत त्रियुगा नदि नियन्त्रणका लागि त्रियुगा नगरपालिका–७ स्थित कालीखोला तोरीबारीदेखि बेलका नगरपालिका– २ स्थित सप्तकोशी दोभानसम्म ४२.५ किलोमिटर लामो डिपिआर तयार भई काम भई रहेको छ । त्रियुगाको शीरदेखि तीरसम्मको ४२.५ किलोमिटर दूरीमा दुवैतर्फ आधुनिक तथा जैविक प्रविधिको बाँध निर्माण गरि सिंचाई, विद्युत र खानेपानी सुविधा जस्ता बहुउपयोगी उपलब्धी हासिल गर्न डिपिआर निर्माण गरि काम थालिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख चौधरीले जानकारी दिए । ‘त्रियुगा नदिको कालीखोला देखि तपेश्वरी सम्म ४२.५ किलोमिटर गरि दुवै तर्फ ८५ किलो मिटर लामो बाँध निर्माण गर्न नेपाल सरकारबाट डिपिआर निर्माण गरि स्वीकृत भएको छ,’ उनले भने, ‘डिपिआरले त्रियुगा नदि नियन्त्रण आयोजना कार्यालय सञ्चालनमा आउने तयारीमा छ ।त्रियुगा सभ्यता र बिकासका लागि चुरेका खहरेखोला चुनौती सबै भन्दा ठूलो समस्याका त्रियुगा नदीनै हो । बाढीले बसेर्नी सयौं हेक्टर जमिन, दर्जनौं घर र जनधनको क्षति गर्न थालेपछि त्यसको नियन्त्रणका लागि उपाय तयार गरिएको हो । डिपिआर अनुसार नदी नियन्त्रणका क्रममा चुरे क्षेत्र खहरे खोला बाधक बनेका छन् ।

त्रियुगा नदिको दुवैतर्फ ८५ किलोमिटर लामो बाँध निर्माण गर्न ६ अर्ब ८४ करोडको लागत लाग्ने अनुमान गरिएको छ । गुरु योजनामा १० वर्ष भित्रमा त्रियुगा नदि नियन्त्रण गर्ने योजना रहेको छ । ०७५÷०७६ देखि काम सुरु गर्ने गरी योजना कार्यन्वयमा ल्याई आव ०८४÷०८५ सम्ममा काम सम्पन्न हुने जनाएको छ । ५० वर्षपछि आउने बाढीलाई अनुमान गरी डिपिआर तयार गरिएको आयोजनाले जनाएको छ ।

त्रियुगाको सुरुमा २८५ मिटर चौडाईमा नदिलाई सिमित गरिने छ भने तिरमा ७०५ मिटर चौडाईमा ल्याउने जनाएको छ । नदीको उच्चाईमा ९ मिटरको बाँध निर्माण गरिने छ । नदीको सतह १७ मिटर चौडाईको बाँध निर्माण हुने छ । नदिको दुवै तर्फ ९÷९ मिटरको सडक निर्माण हुने जनाएको छ । नदिको विभिन्न स्थानमा गरी २ दर्जन भन्दा बढी पुल निर्माण हुने छन् । नदि नियन्त्रणबाट ८० हजार जनता प्रत्यक्ष लाभान्वित नदी नियन्त्रण योजना सम्पन्न भएपछि बाँध निर्माण भएपछि उदयपुरको त्रियुगा, चौदण्डिगढी, बेलका तथा सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकाका हजारौं जनता बाढीको चपेटाबाट मुक्त हुने छन् । १० हजार घरधुरीका ८० हजार जनता प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ । बाँध निर्माणले कुल २ हजार २ सय हेक्टर जमिनलाई फाईदा हुने छ । ४ सय हेक्टर जग्गा उकास हुने जनाएका छन ।प्राकृतिक सम्पदाहरू मानव अतिक्रणको चपेटामा परेकै कारण त्रियुगाले बसेर्नी क्षति हुने गरेको भन्दै यसको रोकथाम र संरक्षणमा नगरबासीको सहभागिताको खाँचो औंल्याए । त्रियुगाको सभ्यता भाषा संस्कृतिसँग जोडिएको छ । त्रियुगा पहिला मानिसले फड्को मारेर तर्न सकिने थियो । त्रियुगाको सभ्यतालाई यहाँ मात्र सिमित नराखि अनेत्र पनि फैलाउन पर्नेमा नगर प्रमुख चौधरीको जोड् थियो । त्रियुगा नगरपालिकाको नगर सभाले त्रियुगाको सभ्यता र विकासको नाममै राखेर योजना अघि बढाएको थियो । त्रियुगाले पहिलो वर्ष उज्लायो शहर समृद्ध नगर अभियान थालिएको थियो । यसो गर्दा नदी व्यवस्थित हुनुका साथै दिगो रुपमा फाईदा लिन सकिने र नियन्त्रण हुने हुँदा हानी कसैलाई नहुने गुरुयोजनाले निर्दिष्ट गरेको छ ।

तपाईको प्रतिक्रिया