त्रियुगा नगरपालिकाले डेंगु टेष्ट गर्न निःशुल्क किट उपलब्ध गराउने
उदयपुर । तीन महिना अघि देखा परेको डेङ्गु रोग उदयपुरमा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरसहित स्थानीय नगरपालिका र गाउँपालिकाले नियन्त्रणको प्रयास गर्दा समेत डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो ।
डेंगु नियन्त्रणका विषयमा मंगलबार त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीको अध्यक्षतामा बसेको सरोकारवालहरुको बैठकमा नगरपालिकाले डेंगु टेष्ट गर्न विरामीलाई निःशुल्क किट उपल...













