चितवन । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा पक्राउ परेका छन् ।
चितवन मेडिकल कलेजमा अध्ययनरत विप्लव पुत्र प्रकाश चन्द पक्राउ परेका हुन् ।

कलेजले अवैध शुल्क असुल गरिरहेकाे भन्दै विद्यार्थी आन्दोलित भएपछि उनीसहित १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको घेरा तोडेर नारावाजी गर्ने क्रममा प्रकाशसहित अन्य विद्यार्थीलाई नियन्त्रणमा लिएकाे चितवन प्रहरीले जनाएको छ ।

विद्यार्थीहरु केही दिनअघिदेखि विभिन्न शैक्षिक मागका साथै शुल्क घटाउनुपर्ने भन्दै आन्दोलन गर्दै आइरहेका थिए ।

आन्दोलनको चन्दले अगुवाइ गर्दै आइरहेको बुझिएको छ । प्रकाश सोही मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्ने छात्र हुन् ।

तपाईको प्रतिक्रिया