बाजुराको त्रिवेणी १, रामेछाप उमाकुण्ड ५, बागलुङ बडीगाड २ मा नेकपा विजय

बाजुराको त्रिवेणी १, रामेछाप उमाकुण्ड ५, बागलुङ बडीगाड २ मा नेकपा विजय
काठमाडौं । स्थानीय निर्वाचनमा काँग्रेसले जितेको बाजुराको त्रिवेणी १ छतारामा वडाको उपनिर्वाचनमा नेकपाले जितेको छ । बाजुराको त्रिवेणी १ छतारामा कुल १०३९ मतदाता रहेकोमा ७२७ मत खसेको थियो । नेकपाका मनराजे बुढा (मिलन) ले ३६७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी काँग्रेसका खगेन्द्र चदाराले ३४७ मत ल्याए । त्यस्तै राप्रपाका मिनबहादुर ढोलीले २ मत ल्याए । ११ मत बदर भएका निर्वाचन आयोगले जनाएक...

रौतहटको गढीमाई नगरपालिका– २ मा काँग्रेसका श्रेष्ठ विजयी

रौतहटको गढीमाई नगरपालिका– २ मा काँग्रेसका श्रेष्ठ विजयी
रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसका दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् । नेकपालाई पराजित गर्दै श्रेष्ठले ७७१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवारले ५९६ मत प्राप्त गरेका छन् । यसैगरी समाजवादी पार्टीले १२२, राजपाले १६ र जनमत पार्टीले १२ मत पाएको छ । नेकपा उम्मेद्वार जवार मियाले हार स्वीकार गर्दै विजयी श्रेष्ठलाई बधाई समेत दिएका छन् ।

चितवनको दुबै वडामा कांग्रेसले मार्‍यो बाजी

चितवनको दुबै वडामा कांग्रेसले मार्‍यो बाजी
चितवन । चितवनको दुबै वडामा नेपाली कांग्रेसले बाजी मारेको छ। खैरहनि वडा नं. ४ र ५ मा प्रतिद्वन्द्वी नेकपालाई हराउँदै कांग्रेसले बाजी मारेको हो। खैरहनि वडा ४ मा २१६० मत खसेकोमा नेपाली कांग्रेसका देव बहादुर बस्नेतले ११३८ मत ल्याएका छन् भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार वेद बहादुर अधिकारीले ९८६ मत ल्याएका निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिए। त्यस्तै ,खैरहनि वडा ५ मा १६७० खसेको मतमा ने...

गुुल्मी र डोटीमा नेकपाका उम्मेदबार विजयी

गुुल्मी र डोटीमा नेकपाका उम्मेदबार विजयी
काठमाडौं । गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ६ मा नेकपाका उम्मेदवार गिरीप्रसाद सिंजाली विजयी भएका छन् । उनी ८ सय २ मतका साथ विजयी भएका हुन् । सिंजालीका निकटतम प्रतिद्धन्द्धी बेदप्रसाद दलार्मीले ७ सय २७ मत प्राप्त गरेका छन । वडामा १ हजार ५ सय ४४ मत खसेको थिए । सो वडामा कूल मतदाता २ हजार ४८ थिए । एक मत बदर भएको थियो । यस्तै डोटीको आर्दश गाउँपालिका–२ कालिकास्थानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ...

पूर्वी चितवनको खैरहनी नगरपालिका–५ मा नेपाली काँग्रेस विजयी

पूर्वी चितवनको खैरहनी नगरपालिका–५ मा नेपाली काँग्रेस विजयी
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–५ मा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत प्राप्त गरेकी छन्, भने नेकपाका प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।यस्तै खैहरहनी ४ मा पनि नेपाली कांग्रेस नै अगाडि रहेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली काँगे्रसका देव बहादुर बस्नेतले ५ स...

सप्तरीको छिन्नमस्ता ७ मा नेकपाका उम्मेदबारलाई ११ मतको अन्तरले पछि पार्दै राजपाकी यादव विजयी

सप्तरीको छिन्नमस्ता ७ मा नेकपाका उम्मेदबारलाई ११ मतको अन्तरले पछि पार्दै राजपाकी यादव विजयी
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा राजपा नेपालकी उम्मेदवार प्रमिलादेवी यादव विजयी भएकि छिन् । उनी ५४० मत ल्याई विजयी भएकी हुन् । उनको प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार अच्छेलाल यादवले ५२९ मत ल्याएका छन् । त्यस्तै काङ्ग्रेसका उम्मेदवार शिवनारायण मण्डलले १५, जनमत पार्टीका उम्मेद्वार दिनेशकुमार यादवले ११ मत ल्याएको जिल्ला निर्वाचन अधिकृत दिलिपकुमार यादवले जनाए । य...

महोत्तरीमा २० मतको अन्तरले नेकपाका उम्मदेबारलाई हराउँदै राजपाका नायक विजयी

महोत्तरीमा २० मतको अन्तरले नेकपाका उम्मदेबारलाई हराउँदै राजपाका नायक विजयी
काठमाडौँ । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार रामबाबु नायक बिजयी भएका छन् । नायकले २० मतले नेकपाका उम्मेदवारलाई हराउँदै जित हात पारेका हुन् । उनले ३७५ मत प्राप्त गरेका थिए । यता नेकपाका उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याए । यद्यपि निर्वाचन कार्यालयले यसको त्यसतै नेपाली काँग्रेसले सोहि वडामा २४ मत ल्याएको निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख पुष्पा...

भोजपुरमा नेकपाका उमेदवार विजयी

भोजपुरमा नेकपाका उमेदवार विजयी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका –१ मा नेकपाका उमेदवार विजयी भएका छन् । नकपाका उम्मेदवार जितेन्द्र राई वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उक्त वडामा यस अगाडि नेपाली कांग्रेसले जितेको थियो । राईले ६९१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सम्मरबहादुर कार्कीले २५४ मत प्राप्त गरे । मंगोल नेसनल अर्गजनाईजेसनका उम्मेदवार कला राईले तीन मत प्राप्त गरिन् ।

बैतडीमा दुई तिहाईलाई पछि पार्दै कांग्रेसले पनि खाता खोल्यो

बैतडीमा दुई तिहाईलाई पछि पार्दै कांग्रेसले पनि खाता खोल्यो
बैतडी । उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि खाता खोलेको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। नेपाली कांग्रेसका गजेन्द्रबहदुर चन्द नेकपाका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। सुर्नया १ मा ६०९ मतदातामध्ये ४३८ मत खसेको थियो।

देशभर नेकपाको पक्षमा माहोल, दक्षिणकालीमा नेकपाका उमेदवार विजयी

देशभर नेकपाको पक्षमा माहोल, दक्षिणकालीमा नेकपाका उमेदवार विजयी
काठमाडौं । आज भएको उप निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभर जित्ने क्रम जारी छ । देशभरबाट अहिलेसम्म नेकपाले नौं वटा वडा जितेको खबर प्राप्त भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उमेदवार विजयी भएका छन् । दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उमेदवार शिवभक्ति बलामी विजयी भएका हुन् । उनले ६१८ मत पाएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवा...