पूर्वप्रधानमन्त्री बाबुराम र माधव नेपाललाई किन कारबाही भएन ? सर्वोच्चद्वारा अख्तियारको नाममा जवाफ माग
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई ललितानिवास जग्गा हिनामिना प्रकरणमा छानबिन अघि नबढाउनुको कारण माग गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा जवाफ माग गरेको हो । १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटको सुनुवाइ गर्...











