उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा भेटिएको कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले मंगलबार बिहान करिव ८ः४५ बजेको समयमा डिस्पोज गरेको छ । अज्ञात समूलले गाउँपालिका अध्यक्ष मेजर कुमार राईको कार्यकक्ष नजिक राखेको कुकर बम सेनाले डिस्पोज गरेको प्रहरीले जानकारी दिइएको छ ।सोमबार विहान ९ः३० बजेको समयमा कार्यालय सहयोगीले कार्यालय खोलेपछि कर्मचारीहरु प्रवेश गर्ने क्रममा हाते झोलाभित्र कुकर र तार जडित मोवाइल सहित रहेको शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेको गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिए ।
बम फेला परेपछि त्यस ठाउँलाई नियन्त्रणमा लिएर भौगोलिक कठिनाईले करिव २४ घण्टापछि डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार शंकास्पद वस्तु कुकर बम नै भएकोले सुरक्षित स्थानमा लगरे डिस्पोज गराईएको जानकारी दिए । एसपी मगरका अनुसार डिस्पोजल टोली सोमबार अवेर पुगेकोले सो स्थानमा केही सर्च गरिएपनि अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिइएको बताए ।
गाउँपालिका अध्यक्ष मेजरकुमार राईले कुनै समूहले अहिलेसम्म आफुसँग चन्दा नमागेको र बम नै राख्ने गरी बिबाद पनि कसैसँग नभएको बताएका छन् ।

सम्बन्धित समाचार

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा शंकास्पद बस्तु फेला (फोटो फिचरसहित)

तपाईको प्रतिक्रिया