राई समुदायकै पहिलो महिला पाइलट साहारा, पहिलो उडान नेपालगञ्ज–भैरहवा
काठमाडौं / किरात राई समुदायबाट प्रथम महिला पाइलट बनेकी साहारा चाम्लिङले मंगलबारदेखि व्यवसायिक उडान सुरु गरेकी छन् ।
उदयपुर जिल्लास्थित लिम्चुम्बुङ गाउँपालिका–४ बलम्ता स्थायी घर भएकी चाम्लिङले यति एयर लाइन्सको जहाज उडाउन थालेकी हुन् ।
मंगलबार उनले पहिलो पटक नेपालगञ्ज–भैरहवा दुई सिफ्ट उडान गरेकी छन् । साहाराले फिलिपिन्सबाट तीन वर्षसम्म पाइलटको ट्रेनिङ लिएकी छन् । उनी राई समुदायकै पहिलो महिला पाइलट...












