
उदयपुर / राष्ट्रिय कबिता महोत्सवमा उदयपुरको जीवन आरोही प्रथम भएको छ । शनिबार नुवाकोट साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको दोस्रो राष्ट्रिय कविता महोत्सवमा आरोही प्रथम भएको हो ।
प्रतियोगितामा देशभरबाट आएका २ सय ४८ कविता मध्येबाट वाचनका लागि उत्कृष्ठ २० कविताहरु छनोट गरिएको थियो । उत्कृष्ठ २० कविता वाचन पश्चात प्रथम, द्वितीय र तृतिय घोषणा गरिएको हो ।
आरोहीले “चराहरुको यात्रा” शिर्षकको कविता प्रस्तुत गरेका थिए । विद्यालयकालदेखि नै साहित्यमा राम्रो दक्खल राख्दै आएका आरोहीले राष्ट्रव्यापी कवितामा उत्कृष्टता देखाउदै आप्mनो मात्र नभई जिल्लाको नाम उचो पारेका छन् ।
नुवाकोटको सदरमुकाम बिदुरको याङ्ग्रा होटलको सभाहलमा भएको प्रतिोगितामा निर्णायकको रुपमा कवि तथा समालोचक महेश पौडेल, कवि बिना थिङ तामाङ र प्राज्ञ शशी लुमुम्बु रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने जीवन आरोही (उदयपुर) लाई ५० हजार र प्रमाण पत्र, द्धितीय हुने बिवसबाबु ( बाग्लुङ्ग ) लाई ३० हजार र प्रमाण पत्र हात पारेका थिए । यस्तै तृतिय स्थान देवकी अभिलासी (दोलखा) र जीवन खत्री (रामेछाप) भएका थिए । उनीहरुलाई २० हजार र प्रमाण पत्र प्रदान गरेको थियो ।









