एनसेल कर छुट प्रकरणमा सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग दर्ता गर्न माग
काठमाडौं । एनसेललाई कर ठगीमा साथ दिने न्यायधीशहरुमाथि महाअभियोगको प्रस्तावबारे सांसदहरुले दबाब दिन थालेका छन् ।
प्रतिनिधिसभाका सदस्य मोहन बानियाले एनसेल प्रकरणको फैसलामा घोटला भएको भन्दै न्यायाधिशलाई महाअभियोग लगाउनुपर्ने प्रस्ताव गरेका छन् ।
मंगलबार संसदको शुन्य समयमा बोल्दै सांसद बानियाँले न्यायलयले आफ्नो क्षेत्राअधिकार मिच्दै आएको आरोप लगाए।
उनले भने, ’न्याय क्षेत्र, जसलाई हामी रक्षक...













