उदयपुर / निजमती सेवा दिवसको अवसरमा आईतबार उदयपुरमा विभिन्न बिद्याबाट जिल्ला न्यायाधिशसहित ४८ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
निजामती सेवा दिवस मुल समारोह समिति र निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् । समितिले सर्वोत्कृष्ट कर्मचारीकोरुपमा जिल्ला प्रशासन कार्यालयका सहयोगी मिनबहादुर मगरलाई घोषणा गर्दै नगद ५ हजार र प्रमाणपत्रले सम्मान गरेको छ ।
त्यसैगरी दिवसको सुर्वसन्ध्यामा आयोजित जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगितामा राजकुमार चौधरी र रुवेन राईको समुह पहिलो भएको छ । त्यस्तै भुपराज कटुवाल र निर्मल साह दोस्रो, जिल्ला न्यायाधिश दीपक खनाल, नेपाल प्रहरीका एसपी बिरबहादुर बुढामगर, सशस्त्र प्रहरीका एसपी गार्धन राई, नेपाली सेनाका मेजर ज्ञानबहादुर राईको समुह तेश्रो भएको छ ।
विजयी समुहलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै महिला म्युजिकल चियरतर्फ जानुका कार्की पहिलो, गंगाकुमारी श्रेष्ठ दोस्रो र बसन्ती काफ्ले तेश्रो भए । सबैलाई क्रमश एक हजार ५ सय, एक हजार र ५ सय रुपैँया नगद, प्रमाणपत्रले सम्मान गरियो ।
त्यसैगरी ‘लागु औषध नसा हो, प्रयोग गर्नु दसा होÕ शिर्षकमा कर्मचारी मिलन केन्द्रले आयोजना गरेको जिल्ला स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा माध्यमिक बिद्यालय कटारीका इसिका यादव प्रथम, मावि मुर्र्कची रौतामाईकी सृष्टि दाहाल दोस्रो, महेन्द्ररत्न मावि रुपाटार ताप्लिकी भुमिका ज्युठकुरी तेस्रो र नमुना मावि भलायडाँडा उदयपुरगढीकी मनिता तिम्सिनाले सान्त्वना स्थान हात पारे ।
प्रतियोगितामा विजेतालाई ५ हजार, उपविजेतालाई ३ हजार, तेश्रोलाई २ हजार र सान्त्वना स्थान हासिल गर्नेले १ हजार नगद प्रमाणपत्र पाएकाछन् । विजेता सबै सामुदायिक बिद्यालयमा अध्ययनरत छात्रा हुन् । छात्र तथा निजी बिद्यालयलाई पछि पर्दै उनीहरु विजयी भएका हुन् । कार्यक्रममा सेवानिवृत कृष्ण थापा, इन्द्रकान्त झा, योगेन्द्र नारायण दास, रामेश्वर चौधरी, भोगेन्द्र मण्डल, कृष्णबहादुर मगर लगायतका ३२ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिश दीपक खनालले आफु परिवर्तन भए मात्र देश र जनता परिवर्तन हुने भएकाले लोभलालच नगरी जनतालाई सेवाप्रवाह गर्न आग्रह गरे । उनले दुई÷चार जना कर्मचारीको गल्लितकाकारण सिंगो निजामती प्रशासन क्षेत्र बदनाम हुँदै गएकाले झुकेको झिर ठाडो पार्ने गरी काम गर्न आग्रह गरे ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले निजामती प्रशासनमा जनताको आशा र भरोसा रहेकाले त्यो विश्वासलाई कायम राख्ने गरी सेवा क्षेत्रको विस्तार गर्नु पर्नेमा जोड दिए । अहिलेको अबश्था समन्वय, सहकार्य र सुस्कँृतको भएकाले राजनीतिक व्यवस्थालाई सघाउँदै नयाँ व्यवस्थापनलाई अघि बढाउनु निजामती प्रशासनको दायित्व भएको उनको भनाई छ ।
प्रजिअ खड्काको अध्यक्षता, टे«ड युनियनका उपाध्यक्ष मानबहादुर बनको स्वागत तथा सदस्य रमेश ढुंगानको सञ्चालन भएको कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन उदयपुरका अध्यक्ष देवराज कोईराला, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, कर्मचारी मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपाने, निजामती कर्मचारी संठनका केन्द्रिय अनुशासन आयोगका सदस्य जसबहादुर कार्की, कर्मचारी युनियन संघका सचिब बिशाल सुन्दास, राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष सिताराम कार्की र मधेसी कर्मचारी मञ्चका अध्यक्ष रामानन्द यादवले शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया