उदयपुरमा १६ वर्षिय बालिका बलात्कार गरेकोमा एक युवा पक्राउ
उदयपुर । उदयपुरमा एक १६ वर्षिय बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेको छ । रौतामाई गाउँपालिका ८ चुनिया पाखाको जंगलमा १ मंसिरमा एक १६ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २४ वर्षिय भरत बहादुर राना मगर पक्राउ परेको छ ।
पीडक मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा थप अनुसन्धानको लागि राखिएको छ ।












