एल्जिना हत्या प्रकरण : बलात्कारपछि हत्याको अभियोगमा थप एक जना पक्राउ

सुखिलाल चौधरी, उदयपुर /उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले मंगलबार थप एक जनालाई पक्राउ गरेको छ । थप एक जना पक्राउसंगै छ जनालाई अनुसन्धानमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले स्थानीय पाँच जना...

उदयपुरमा बालिका बलात्कारपछि हत्या, हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन

सुखिलाल चौधरी, उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँमा १३ वर्षीया बालिका एल्जिना खड्का मृत फेला परेपछि घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ । बालिका बलात्कारपछि हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृत जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटको नेतृत्वमा टोली परिचालन गरेको हो । डीए...

दुबई पुलिस उड्ने मोटरसाइकलको अभ्यासमा

दुबई / दुबई प्रहरीले उड्ने मोटरसाइकललाई प्रयोगमा ल्याउने भएको छ । सन् २०२० बाट उड्ने मोटरसाइकललाई आफ्नो काममा प्रयोग गर्ने भएको हो । अमेरिकाको होभरसर्फ कम्पनीले उड्ने मोटरसाइकल(होभरबाइक) मेलामा अवलोकलनका लागि राखेको थियो । त्यसैलाई सुधार गरेर तयार पारिएको मोटरसाइकल उडाउने प्रशिक्षणमा व्यस्त छन् अहिले दुबई प्रहरीका अधिकारीहरु । अब दुबई प्रहरीले यस्तो मोटरसाइकलबाट गस्ती गर्नेंछ ...

शरीर जाेडीएका बच्चाकाे सफलतापूर्वक शल्यक्रिया सम्पन्न

काठमाडाैं - शरीरको छातीको भाग जोडीएका जुम्ल्याहा बच्चाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। भुटानका १५ महिने निमा र देवा नाम गरेका बच्चाको अष्ट्रेलियामा शल्यक्रिया सम्पन्न भएको हो। उनीहरुको कलेजो एउटैमा जोडीएको थियो। जोडीएको कलेजो सफलतापूर्वक छुट्याइएको चिकित्सकले बताएका छन्। उनीहरुको शल्यक्रिया गर्न ६ घण्टा लागेको डा जोय क्रेमेरीले बताए। उनले बच्चाको परिवारलाई यो खबर सुनाउन...

उदयपुरको आकाशमा पाराग्लाइडिङ प्रशिक्षण शुरु (तस्विर सहित)

उदयपुरको आकाशमा पाराग्लाइडिङ प्रशिक्षण शुरु (तस्विर सहित)
सुखिलाल चौधरी, उदयपुर /उदयपुरको आकाशमा प्याराग्लायडिङ खेलको प्रशिक्षण शुरु भएको छ । बेलका नगरपालिका–८ बोपताङ्ग डाँडाबाट प्रिवेसिक र बेसिक तालिम शुरु भएको हो । बुधबार बेलका नगरपालिका मेयर दुर्गा थापाले पाराग्लाइडिङमा उडेर तालिमको शुरुवात गरेको हो । पोखराबाट सुरु भएको पाराग्लाइडिङ खेल अब पूर्वको आकाश उदयपुरमा पनि खेल्न पाइने भएको छ । नेपाल पाराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ संघले राष्ट्रिय खेलकुद...

गाईघाटमा पहिलो फुड फेस्टिभल मेला लाग्ने

गाईघाटमा पहिलो फुड फेस्टिभल मेला लाग्ने
उदयपुर / त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले स्थानीय स्तरको खाना परिकार मेलाद्धारा स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्न यहाँ उदयपुर जिल्ला स्तरीय खाना परिकार मेला लगाउन लागेको स्पष्ट पारेको छ । स्थानीय सरकारले सबै क्षेत्रको ब्यापार ब्यवसायलाई टेवा पु¥याउने भएकाले त्यसको लागि आगामी पुसमा जिल्ला स्तरीय मेलाको आयोजना गर्न नगरपालिकाले सहयोग गर्न लागेको जानकारी दिए । यस्तो मेलाले स्थानीय स्तरक...

कारागारलाई नगरपालिकाको सोलार

कारागारलाई नगरपालिकाको सोलार
उदयपुर / त्रियुगा नगरपालिकाले जिल्ला कारागार शाखा उदयपुरको कैदी बन्दीहरुलाई उज्यालोका लागि सोलार हस्तान्तरण गरेको छ । कैदी बन्दीहरु बिद्युत नहँुदा अध्यारोमा बस्न बाध्य भएकाले उनीहरुलाई उज्यालोमा राख्न त्रियुगा नगरपालिकाले सोलार दिएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । कारागारमा परेको कैदी बन्दीलाई कैदीको जस्तो ब्यवहार नगरि उनीहरुलाई सुधार गृहमा राखिएको जस्तो अनुभव गराउन नगरपालिकाले सहयोग गरेक...

तीन दिने आधारभुत रेडियो पत्रकारीता तालिम सम्पन्न

तीन दिने आधारभुत रेडियो पत्रकारीता तालिम सम्पन्न
उदयपुर / तीन दिने रेडियो पत्रकारिता तालिम सम्पन्न भएको छ । उदयपरको त्रियुगा नगरपालिका ९ राजावास ओरेक भवनमा कात्तिक १३ गतेवाट सुरु भएको आधारभुत रेडियो पत्रकारिता तालिम विहिवार समपन्न भएको हो । ऐरावत सञ्चार समुहका युवा महिला लिडरहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले ३ दिने आधारभुत रेडियो पत्रकारित तालिमको आयोजना गरिएको रेडियो उदयपुरका स्टेशन म्यानेजर अप्सरा समालले बताईन् । ऐरावत सञ्चार समुह र रेडिय...

उदयपुरको सामुदायिक बिद्यालयमा ३ सय विषयगत शिक्षकको अभावमा पठनपाठन प्रभावित

उदयपुरको सामुदायिक बिद्यालयमा ३ सय विषयगत शिक्षकको अभावमा पठनपाठन प्रभावित
उदयपुर/उदयपुरका आठवटै स्थानीय तहमा सञ्चालित सामुदायिक विद्यालयमा विषयगत शिक्षकको दरबन्दी ३ सय भन्दा बढी खाली रहेको छ । सरकारले सामुदायिक बिद्यालयलाई गुणस्तरी बनाउन आवश्यक पर्ने पहिलो जनशक्ति भनेको बिषयगत शिक्षक हुन् । प्रत्येक सामुदायिक बिद्यालयमा कम्तिमा बिषयगत शिक्षक अग्रेजी, गणित, बिज्ञान, सामाजिक, नेपाली अनिवार्य गरेको छ । तर तोकिएको बिषयगत शिक्षक अभावमा यहाँका चार दर्जन सामुदायिक बिद्यालयमा अ...

मर्मतपछि उदयपुर सिमेन्ट उद्योग संचालन, उत्पादन क्षमता क्रमिक रुपले बढ्ने

मर्मतपछि उदयपुर सिमेन्ट उद्योग संचालन, उत्पादन क्षमता क्रमिक रुपले बढ्ने
उदयपुर/मर्मतमा बन्द रहेको उदयपुर सिमेन्ट उद्योगले उत्पादन गर्न थालेको छ । उद्योग स्थापना भएको २५ वर्षपछि ८ करोड रुपैयाँ लागतमा एक महिना लगाएर मर्मत गरिएको हो । असोज महिनाको पहिलो सातादेखि सुरु भएको मर्मत कार्य कात्र्तिकको पहिलो सातासम्म लागेको उद्योग प्रशासनले जनाएको छ । उद्योगका अनुसार २२ दिनभित्र मर्मतको काम सक्ने लक्ष्य लिए पनि केही प्राविधिक समस्याले थप आठ दिन लागेको थियो । उद्योगको मुख्य भाग...