उदयपुर – नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग टाट पल्टिने अवस्थामा पुगेको छ । महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको असक्षमताका कारण उद्योग टाट पल्टिने अवस्थामा पुगेको हो । महाप्रबन्धक न्यौपानेले खरानी मिसिएको कोइला आपूर्ति गर्दा उद्योग पुनः शनिबारबाट बन्द हुन पुगेको छ । मंसिरमा १९ दिन बन्द रहेको उद्योग संचालन भएको १५ दिन नपुग्दै कोइला अभावमा शनिबारबाट क्लिङकर उत्पाद बन्द भएको हो ।
शनिबार आपूर्ति भएको कोइलामा २५ प्रतिशत बढी खरानी मिसिएको पाईएपछि पुनः उद्योग बन्द हुन पुगेको एक कर्मचारीले जानकारी दिए । पहिले पहिले कोइलामा माटो, बालुवा, पानी मिसाएर वजन बढाएर ल्याउथ्यो भने शनिबार ल्याएको कोइलामा खरानी मिसाएर ल्याएको कर्मचारी स्रोतले जानकारी दिइएको छ । कोइलामा ८ प्रतिशतसम्म छुट दिने गरेपनि अहिले अतिरिक्त ८ प्रतिशत धान वा काठको खरानी मिसाएर ल्याएको उनले बताए । गुणस्तरयुक्त कोइलामा नबल्ने चिज ८ प्रतिशत आउन सक्थ्यो तर शनिबार आएको कोइला आपूर्ति कर्ताले अतिरिक्त ८ प्रतिशत खरानी मिसाएर ल्याएर पछि सिमेन्टको गुणस्तरमा कमी आउने कर्मचारी स्रोतले जानकारी दिए ।

कोइला शुक्रबार राति नै आईपुगेको भए सो कोइला ल्याब चेकजाँच नगरी शुक्रबारकै राति मेसिनमा हालि सकिन्थ्यो तर कोइला क्लिङ्कर मेसिन बन्द भएपछि कोइला आपूर्ति हुँदा कोइला रहन गएको कर्मचारी स्रोतले जनाएको छ । महाप्रबन्धकले नै गुणस्तरहिन कोइला आपूर्ति गर्न लगाएको उनले बताए । यसमा कमिशनको खेल हुन सक्ने उनले बताए ।

गुणस्तरहिन कोइला आएको थाह भएपछि कर्मचारी टे«ड युनियनहरुले विरोध गरेको छ ।  शनिबार ल्याएको कोइला चेक जाँच गरेर मात्र प्रयोग गर्न कर्मचारी ट्रेड युनियनहरुले माग गरेको छ । यस अघि कोइला अभावमा बालुवा, माटो, पानी मिसिएको गुणस्तरहिन कोइला प्रयोग गर्दा कोल मिलन जाम हुनु पुगेको थियो । उद्योगलाई दैनिक सरदर एक सय २५ टन कोइला आवश्यक पर्छ ।

गुणस्तरहिन कोइला सहजै पाउँछन तर गुणस्तरयुक्त कोइला अहिले पनि अभाव रहेको एक कर्मचारीले जानकारी दिए । पहिले पहिले मापदण्ड विपरित गुणस्तरहिन कोइला प्रयोग गर्दा कोइला बढी खपत हुने र सिमेन्ट उत्पादन कम हुने गरेको थियो । उनले भने,– “कोइलाको मोइस्चर अर्थात चिसोपन २ प्रतिशतसम्म लिने प्राबधान छ । २ प्रतिशतसम्म मोइस्चर कोल मिलमा पठाउन मिल्थ्यो तर अहिले १० प्रतिशत मोइस्चर पुर्याएको छ ।”

यस विषयमा महाप्रबन्धक गोपीकृष्ण न्यौपानेसँग बुझन खोज्दा दिनभर मोबाइल स्वीच अफ गरेको थियो । गुणस्तरहिन कोइलाको बारेमा थाह पाएपछि महाप्रबन्धकले मोबाइल स्वीच अफ गरेको ट्रेड युनियनका एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार गुणस्तरहिन कोइला आएको भनेर महाप्रबन्धकलाई जानकारी भएपछि मोबाइल स्वीच अफ गरेको हो ।
यस विषयमा उद्योगको प्रशासन महाशाखा प्रमुख नायव महाप्रबन्धक महेश साहले कोइलाको स्टोक सकिएको बताए । उनले प्रतिदिन चार पाँच ट्रक दैनिक कोइला आउनु पर्नेमा पैसा अभावमा एक दुई ट्रक कोइला आउने भएपछि अहिले पुनः कोइला अभावमा बन्द हुन पुगेको छ । उनले बेसलाइन सप्लायर्स काठमाडौले खरानी मिसिएको कोइला आपूर्ति गरेको ल्याएको स्वीकार गरेका छन् । सो कोइला चेक जाँचको लागि ल्याब पठाएका छौं । ल्याबले रिजेक्ट गर्यो भने फिर्ता जान्छ डिजिएम साहले भने । ‘अहिले कोइला आपूर्ति कर्तालाई १४ करोड बढी रकम भुक्तानी गर्न बाँकी रहँदा भने जस्तो कोइला आपूर्ति भएको छैन् ।’ अव हजार बाह्र सय टन कोइला आपूर्ति भएपछि मात्रै चल्ने डिजिएम साहले बताए ।

कर्मचारीहरुको तलब भत्ता, अवकाश प्राप्त कर्मचारीको उपदान, औषधि उपचार लगायत रकम जम्मा भएको छैन । यस्तै कोइलाको मात्रै रकम भुक्तानी गर्न बाँकी छैन् विद्युत महशुल, गत असारमा खानीबाट चुन ढुंगा ढुवानी गरेको आपूर्ति कर्ताहरुको रकम, जिप्सन लगायत मेसिनरी पार्टहरुको पनि रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

उद्योगको आर्थिक अनियमितता, कबाडी विक्री प्रकरण, उद्योगमा कार्यरत कर्मचारीहरुलाई जनप्रतिनिधि लगाएर धम्काउने लगायतका कारण उद्योगमा महाप्रबन्धक न्यौपाने खुट्टा टेक्कने आँट गरेको छैन् ।

कोइला अभाव, मर्मत–सम्भार, मर्मतदेखाउँदै वैशाखयता ६ महिनामा तीन महिना बढी समय उद्योग बन्द भइसकेको छ । स्रोतका अनुसार वैशाखमा १४ दिन, जेठमा सात दिन, असारमा २४ दिन, साउनमा १४ दिन, भदौंमा १० दिन, असोजमा १६ दिन र कात्तिकमा २४ दिन र मंसिर १९ दिन बन्द थियो ।

थप सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया