उदयपुर – उदयपुर सिमेन्ट उद्योग पाँच दिन नचल्दै बन्द पुनः बन्द भएको छ । हप्ता दिन अघि संचालनमा आएको उद्योगमा विक्र लाइन (इटा) झर्दा मंसिर १५ गतेबाट उद्योग बन्द भएको हो । मंसिर ९ गते फाइरिङ भएपनि मंसिर १५ गते नै बन्द हुन पुग्यो ।
कार्तिकमा २४ दिन र मंसिरमा ९ दिन कोइला अभावमा बन्द रहेको उद्योग पुनः मंसिर १५ गतेबाट उद्योग पटक पटक बन्द भएको हो । किल काटेर फाल्नु पर्ने ठाउँमा किल भित्रको इटा झरेपछि मर्मतको काम भईरहेको उद्योग प्रशासनले जनाएको छ । किल मिलको २० मिटर भाग बाँगो भएपछि त्यहि ठाउँहरुको इटाहरु भरेकोले मर्मतको काम भईरहेको नायव महाप्रबन्धक महेश साहले जानकारी दिए ।

‘हामीले किल फेर्नको लागि गत वर्ष नै टेण्डर गरेर किल भारतमा निर्माण भईसकेको छ तर पैसाको अभावले किल ल्याउन नसकेको छैनौं । ठेक्केदार कम्पनी भन्दा पनि उद्योगमा आर्थिक अभावले किल ल्याउन नसकेको छैनौं ।’ उनले भने, ‘हामीलाई किल फेर्न चार करोड बढी रकम चाहिन्छ । हामीसँग पैसा नभएर भारतमा बनेर रोकिरहेको छ ।’ नायव महाप्रबन्धक साहका अनुसार विक्र लाइन लगाएपछि बुधबारदेखि उद्योग संचालनमा आउने बताए ।

कोइला अभाव, मर्मत–सम्भार, मर्मतदेखाउँदै वैशाखयता ६ महिनामा तीन महिना बढी समय उद्योग बन्द भइसकेको छ । स्रोतका अनुसार वैशाखमा १४ दिन, जेठमा सात दिन, असारमा २४ दिन, साउनमा १४ दिन, भदौंमा १० दिन, असोजमा १६ दिन र कात्तिकमा २४ दिन र मंसिर ९ गतेसम्म बन्द भएको थियो ।

तपाईको प्रतिक्रिया