उदयपुरमा निर्वाचन आचारसंहिता उल्लंघन बढ्यो (फोटो फिचरसहित)
उदयपुर । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन नजिकिएसँग जताततै ठूला दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । उदयपुर निर्वाचन क्षेत्र नं. २ को रौतामाई गाउँपालिका ७ संगम चोकमा मदन भण्डारी राजमार्ग र रौतामाई गाउँपालिका प्रवेशद्वारको गेटमा तुल टाँग्नुको साथै पोस्टर पम्प्लेट टासिएको थियो । त्यो पोष्टर पम्प्लेट नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदबारहरुको रहेको छ ।
रौतामाई गाउँपालिका ७ कै श...











