त्रियुगा नपा १० मा गोला प्रथाबाट एमालेका किरण पाण्डे विजयी
गाईघाट । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उदयपुरको त्रियुगा नगरपालिकाको १० नं. वडाको वडाध्यक्ष पदमा बराबरी मत आएपछि गोला प्रथाबाट नेकपा एमालेको किरण पाण्डे विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गोला प्रथाबाट वडाध्यक्षमा उनी चयन भएका छन् । रुख र सुर्यमा बराबरी मत १०५३–१०५३ आएको हो । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन चिठ्ठा गरिएको हो ।
चिठ्ठाबाट वडाध्यक्षमा काङ्ग्रेसको प्रकाश...











