उदयपुर/उदयपुरमा लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । शनिबार त्रियुगा नगरपालिका–८ का ७५ वर्षिइ पूर्णबहादुर विष्टलाई लागूऔषध आधा केजी गाँजासहित पक्राउ परेका हुन् ।
बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले साँझ ५ बजेको समयमा बिष्टको घर खानतलासी गर्ने क्रममा आधा केजी गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताए ।
गाँजा सहित पक्राउ परेका बिष्टलाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरी प्रमुख चन्द्रदेव राईले जानकारी दिए ।









