उदयपुर/उदयपुरमा लागूऔषध सहित एक जना पक्राउ परेका छन् । शुक्रबार त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकीले चेक जाँचको क्रममा एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ९ का १८ वर्षिय विशाल मग्राती रहेको छ । उनले कालो झोला बोकेर हिंडिरहेकाले प्रहरीलाई शंका लागि चेक जाँच गर्दा लागुऔषध नाईट्रोभेट ट्याब्लेट ३१ थान फेला परेको एसपी चन्द्रदेव राईले जनाएको छ ।

तपाईको प्रतिक्रिया