सुखिलाल चौधरी, उदयपुर / कुनै समय प्रदुषणका कारण वर्षभरी खान भनेर लगाएको खेतबारीको अन्नपात धुलाम्य भएर खान अयोग्य । करेसाबारीमा लगाएको सागपात र तरकारी फलपूmल त्यस्तै धुलोसरी । अन्नपात, फलपूmल र सागपात तरकारी मात्र कहाँ हो र, सुकाएको कपडा समेत धुलाम्य, खाना पकाउने भान्छा कोठासम्म ह्वारह्वारती धुलो पसेर खाने कुरा सबै विषाख्त बनाउने र सुत्ने कोठासमेत भ्mयाल ढोका नथुने दिनहुँ धुलो पुछ्दाको हैरानी हुने पीडाले यसअघिसम्म स्थानीयबासी आजित हुनु परेको थियो ।
सिमेन्ट धुलोको कारण २०६३ साल फागुन १३–१९ गतेसम्म उद्योगको मेन गेटमै प्रदुषण नियन्त्रण संघर्ष समितिले तालाबन्दी गरेपछि राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, उद्योग कर्मचारी टे«ड युनियन लगायतले उद्योग प्रशासनसंग प्रदुषण नियन्त्रणका मागहरु सहित २४ बुद्धे सहमति भएको थियो । सहमति पछि उद्योग संचालनमा आएपनि केही मागहरु मात्रै पुरा भए, प्रदुषण ज्यूका त्यू रहे । जव २०७१ फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकबाट उदयपुर सिमेन्ट उद्योगको महाप्रवन्धकमा सुरेन्द्रकुमार पौडेल नियुक्त भए । नियुक्त भएर सिमेन्ट उद्योग आएसंगै उनले उद्योग संचालन कार्य योजना बनाउनुको साथै प्रदुषण नियन्त्रणको पहिलो काम शुरु गरे । उद्योगबाट उड्ने धुलो धुवाँ नियन्त्रण गर्न इलेक्ट्रो स्टारिक पावर (ईएसपी) मेसिन जडान गरेपछि वायुमण्डलमा उडेर जाने धुलो रोकिएसंगै कृषकहरुको तरकारी खान योग्य भएको छ । पहिले पहिले मानिसको आँखाले देख्ने दूरीबाट उद्योग क्षेत्रमा धुवाँ, धुलो र मुस्लो देखिथ्यो । दैनिक प्रतिघण्टा दुई टनभन्दा बढी उड्ने धुलो पछिल्लो चरण असोजमा भएको पूर्ण मर्मतले करिव शून्यमा झरेको छ भने उत्पादनमा वृद्धि भएको छ ।
विगत २५ वर्षदेखि यस्तो पीडा भोग्दै आएका उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजले आसपासका स्थानीयले अहिले स्वच्छ हावा लिन पाएका छन् । अव न रायो साग, काउली, सागपातमा सिमेन्टको धुलो पत्रै पत्र भएर बस्ने, तरकारी पकाएर खाँदा ढुंगाको कनले मुखै विगार्ने, तरकारी बाली पनि नसप्रिने लगायतको समस्या हटेर गएको छ ।
अहिले तरकारी बालीमा धुलो लाग्छ, न त सुकाएको कपडामा धुलो, न त भान्छा कोठा थुन्नुपर्ने समस्या छ । पूर्ण सरकारी स्वामित्वको गैंडा सिमेन्टको उत्पादक सिमेन्ट कारखानाले प्रदुषण नियन्त्रण गर्ने उपकरण जडान गरेपछि स्थानीयलाई यस्तो सहज भएको हो । पहिले घाँसपातमा सिमेन्टको धुलो टाँसिएपछि गाई बस्तुले स्थानीय घाँस खान छाडेको, गाईभैसीमा गर्भधान तुहिने लगायतका समस्या अहिले हटेर गएको छ । सागपात खान योग्य भएको छ ।
उद्योगका महाप्रबन्धक (जिएम) सुरेन्द्र कुमार पौडेलका अनुसार दिनहुँजसो धुलो र धुँवाको विषयलाई लिएर झगडा गर्न आउने स्थानीयहरु अहिले धन्यबाद दिन आउन थालेको बताए । जिएम पौडेलले भने, ‘प्रदुषण रहि रहेको भए स्थानीयले धेरै पहिले उद्योग बन्द गराई सकेको हुन्थ्यो, उद्योग नाफामा जानुको साटो पत्रु भएर थन्किएको हुन्थ्यो ।’
उनका अनुसार पहिले उद्योग चलेको र नचलेको कुरा ५० किलोमिटर परदेखि नै थाहा हुन्थ्यो तर, अहिले उद्योगभित्र आएपछि मात्र उद्योग चलेको चाल पाइन्छ । ‘पहिले उद्योग चलाउँदा धुलोको मुस्लो ३० किलोमिटर टाढा लाहान र ५० किलोमिटर माथि रौतापोखरीदेखि देखिन्थ्यो’ जिएम पौडेलले भने ‘अहिले धुवाँ ननिस्कने भएकाले उद्योग चलेको टाढाबाट थाहा हुँदैन, उद्योग परिसर छिरिसकेपछि मात्र बल्ल थाहा हुन्छ, त्यो पनि आवाज सुनेर ।’
प्रदुषण नियन्त्रण गर्ने तीन वटा चेम्बर मध्ये विगत १५ वर्षदेखि एउटा च्याम्बर विग्रेको, दुई वटाले सहि इलेक्ट्रोडको कमिको कारण प्रदुषण हुँदै आएपछि एशियाको टप कम्पनीका विज्ञद्वारा प्रदुषण नियन्त्रण गर्ने इलेक्ट्रो स्टारिक पावर (ईएसपी) मेसिन जडान गरेपछि उपकरणले यन्त्रभित्र रहेको इपी रड मार्फत उद्योगबाट निस्कने धुलो र धुँवालाई पानी खन्याई दिएर त्यही संश्लेषण गरिदिने गरेको कामु महाप्रबन्धक धुव्रबहादुर देवकोटा बताउँछन् ।
उद्योग आसपास जलजले, देउरी, श्रीपुरमा बसोबास गर्ने झण्डै ६० हजार स्थानीयबासीको स्वास्थ्य संवेदनसीलतालाई ध्यानमा राखेर उद्योगमा २ करोड लगानी गरेर प्रदुषण नियन्त्रक उपकरण जडान गरिएको हो । उद्योगमा कार्यरत ५ सयबढी मजदुर र कर्मचारीमात्र होइन, आसपासका हजारौं स्थानीयलाई पनि उद्योगको प्रदुषणले अस्वस्थ्य बनाउँदै लगिएको थियो । जसको कारण उद्योगलाई वातावरणमैत्री बनाउन, प्रदुषणमुक्त पार्न उपकरण जडान गरेका हौं । उपकरणले उद्योगले उत्सर्जन गर्ने धुलो धुँवा बाहिर निस्कन पाउँदैन र बायुमण्डल प्रदुषण हुन पाउँदैन । जसले गर्दा उद्योगले उत्सर्जन गर्ने धुलो र धुवाका कणहरु बाहिर निस्कन पाउँदैनन् र बायुमण्डल प्रदुषण हुनबाट बच्छ । पछिल्लो स्तरोन्नतिसहितको पूर्ण मर्मतपछि उद्योगले धुलो र धुँवा सबै नियन्त्रण गरेको मेकानिकल प्रबन्धक सुशिल शेरचन बताउँछन् । पहिले प्रति घण्टा दुई टन उड्ने धुलो नियन्त्रण हुनुको साथै ९९ प्रतिशत प्रदुषण नियन्त्रण भएको मेकानिकल प्रबन्धक शेरचन बताउँछन् । उद्योग पूर्ण मर्मतले गर्दा अहिले उत्पादन ९७ प्रतिशत पुगेको छ ।
सिमेन्ट उद्योगबाट निस्केको धुवा धुलो नियन्त्रण भएपछि गाउँका मानिसमा टाउको दुख्ने, वान्ता आउने, आँखा पाक्ने लगायतको समस्या समेत हटेर गएको प्रदुषण नियन्त्रण संघर्ष समितिका अध्यक्ष तथा त्रियुगा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष निर्मल कुमार चौधरीले बताउँछन् । ‘पहिले धेरै प्रदुषण भएको थियो जसले गर्दा स्थानीय आन्दोलित भएको थियो ।’ चौधरीले भने, ‘प्रदुषण सत प्रतिशत नियन्त्रण नभएपनि ९० प्रतिशत नियन्त्रणमा आएको छ, हामीले अहिले प्रदुषण नियन्त्रण भएन भनेर आन्दोलन गर्नु कुनै तुक छैन् । प्रदुषण भएको छ कि छैन हामी आफैले नियमित उद्योगको अनुगमन गरिरहेका छौं ।’
उद्योगले प्रदुषणक्षेत्रमा बसोबास गर्नेहरुको स्वास्थ्य सुरक्षाका लागि उत्पादन हुने सिमेन्टको प्रतिबोरो १ रुपैंया ५० पैसाका दरले जम्मा गर्नेगरी ‘प्रदुषण नियन्त्रण कोष’ खडा गरेको छ । जिल्ला समन्वय समितिमार्फत सञ्चालित उक्त कोषमा जम्मा भएको रकमबाट प्रदुषण क्षेत्र आसपास बसोबास गर्ने स्थानीयको स्वास्थ्य सुरक्षाका लागि बिभिन्न चेतनामूलक तथा सुरक्षासम्बन्धी कार्यक्रम गरिदै आएको छ । गत आर्थिक वर्ष प्रदुषण नियन्त्रण कोषमा ३५ लाख र चालु आवमा १० लाख भन्दा बढी प्रदुषण नियन्त्रण रकम जम्मा भएको छ ।