आज यमपञ्चकको तेस्रो दिन आज साँझ राज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ ।
लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
गृहेणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् ।
लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ ।
तिहार र लक्ष्मीसंग जोडिएका किवदन्तीहरुमा थुप्रै मिथक छन् । हिन्दु धर्ममा देवी–देवताको संख्या धेरै छैन, तर थरि–थरिका मान्यता र मिथकले भरिपूर्ण छ ।
तिहार लक्ष्मी देविको पर्वका रुपमा मानिन्छ । देवि लक्ष्मीसँग जोडिएको विभिन्न किसिमका मिथक छन् ।
रातो कपडा, गहनाले सजिएकी, कमलमा बसेकी, सुन र अन्नले भरिएका भाडा हाथमा लिएकी लक्ष्मी सुख, समृद्धि, शक्तिकी देवि हुन् ।
उनी सम्मोहक र चंचल छिन् । लक्ष्मीलाई हमेशा साथ राख्न एक सतत संघर्ष हो । दूर्लभ र बहुमुल्य हाथ उनीमाथि पानी फाल्छन् ।
उनको नजिकै जुम्लहा बहिनी अलक्ष्मी बस्छिन, जो गरीव, दुख र दूर्भाग्यकी देवि हुन् ।
शक्ति, सुख र समृद्धिका साथ आउँछ, भोगबाट उत्पन्न कचरा, चिपचिपे द्रव्यका रुपमा, जसलाई हलहला भनिन्छ ।
केही भनाईका अनुसार, समुन्द्र मन्थनका बेला बासुकी सर्पको उल्टो छ । फोहोर कुनै पनि निर्माण प्रक्रियाको अभिन्न अंग हो ।
जुन मन्थनका बेला लक्ष्मी प्रकट भइन्, उही मन्थनमा हलाहल पनि आयो । लक्ष्मीलाई सवैले लिन चाहन्थे तर, हलाहललाई कसैले पनि लिन चाहँदैनथे ।
शवि वैश्विक चिजप्रति उदाशीन छन् । यसकारण इश्चित र अवान्छित चिजमा फरक गर्दैनन् ।
यिनको देष्टिमा हलाहल पनि अमृतबाट अलग छैन, यसकारण उनी पुरा विष पिउँछन र निलकण्ठ भनिन्छन् ।
वैष्णव साहित्यका अनुसार हलाहललाई अलक्ष्मीसँग जोडेर हेरिएको छ, जो दूर्भाग्य र दरिद्रताकी देवि हुन् र लक्ष्मीको जुम्लाह बहिनी ।
जस्तै कुनै शानदार बस्तु विना फोहर पैदा हुँदैन, यस्तै लक्ष्मीसँग सधै अलक्ष्मी पनि हुन्छिन् ।
प्रचलित मान्यता र मिथकका अनुसार यी दुई बहिनीलाई जसले अस्वीकार गर्छ, त्यसो हुँदा उसले खतरा मोल्छ ।
यस्तो मानिन्छ कि, जवसम्म उनलाई स्वीकार गरिँदैन, तवसम्म भाग्यलाई आफ्नो साथ ल्याउन पनि सकिदैन ।
पौराणिक कथाका अनुसार लक्ष्मी र अलक्ष्मी दुवै बहिनीले एक व्यापारीसँग सोधेका थिए कि, दुईमा को राम्रो छ ।
व्यपारीलाई थाहा थिएन, कुनैलाई पनि बेखुसी बनाउनुको नतिजा के निस्कन्छ । यसकारण व्यपारीले भन्यो, ‘लक्ष्मी घरमा आइन भने राम्रो हुन्छ, जवकि अलक्ष्मीको घरबाट बाहिर गएको छ ।’
मानिसहरु भन्छन् कि यही कारण लक्ष्मी व्यापारीमाथि कृपालु हुन्छिन् ।
लक्ष्मीको सम्बन्ध मिष्ठान्नसँग हुन्छ, जव कि अलक्ष्मीको सम्बन्ध कवाडी बस्तुसँग ।
यही कारण हो कि, मिठाई घरको भित्र राखिन्छ तथा कागती र खुर्सानी घरको बाहिर झुन्डाईन्छ ।
मानिन्छ कि, लक्ष्मी मिठाई खान घरको भित्र आउँछिन, जवकि अलक्ष्मी ढोकामा कागती र खुर्सानी खान्छिन्, अनि खुसी भएर फर्किन्छन् ।
दुवैलाई स्वीकार गरिन्छ, तर स्वागत फरक–फरक तरिकाले गरिन्छ ।
लक्ष्मीका दुई रुप छन्, भूदेवि र श्रीदेवि । भूदेवी धर्तीकी देवि हुन्, श्रीदेवि स्वर्गकी देवि । पहिली उर्वरासँग जोडिएक छिन, दोस्रो चाहिँ महिमा र शक्तिसँग ।
भूदेवि सुन र अन्नका रुपमा बर्षा गर्छिन । अर्की चाहिँ शक्ति, समृद्धि र पहिचान दिन्छिन् । भूदेवि सरल र सहयोगी पत्नी हुन्, जो आफ्ना पति विष्णुको सेवा गर्छिन ।
श्रीदेवि चंचल छिन् । बिष्णुलाई सधै खुसी राख्न प्रयास गर्नुपर्छ । यदि बिष्णु राजा हुन भने भूदेवि साम्राज्य र श्रीदेवि उनका मुकुट, उनको राजगद्दी हो ।