उदयपुर / बरुवा क्याम्पस गाईघाटलाई शैक्षिक हबको रुपमा बिकास गर्न सहमत भएका छन् । बरुवा क्याम्पसमा बिहिवार प्राविधिक शिक्षा आजको आवश्यकता बिषयक छलफलमा सहभागीहरुले एक मत भएर सिप मुलक प्राविधिक शिक्षामा जोड दिएका थिए ।
छलफलमा त्रिभुवन बिश्वबिद्यालयका शिक्षा शास्त्र संकायका सहायक डिन डा. बैवालाल साहले २१ औं शताब्दीको शिक्षा सिप मुलक, ब्यवसायीक, जीवन उपयोगी ब्यवहारी प्राविधिक शिक्षाको आवश्यकता रहेको औल्याए । त्रिभुवन बिश्वबिद्यालयको शिक्षा दुई खालको छ, जसमा साधारण शिक्षा र प्राविधिक धारको शिक्षा साधारण शिक्षाले शैक्षिक बेरोजगार जनशक्ति उत्पादन गरि राखेको छ भने प्राविधिक शिक्षा महगो र सिमित रहेको बताए ।
साधारण शिक्षालाई परिमार्जित गरि सबै सामुदायिक बिद्यालयहरुमा प्राविधिक जीवन उपयोगी शिक्षा बिना देशको बिकास सम्भव छैनन् । अहिले भई रहेको महगो प्राविधिक शिक्षालाई निःशुल्क र अनिवार्य बनाउन सके देशको बिकास हुने दाबी डा. साहको रहेको थियो ।
उनले भने संविधानले नै बिद्यालय स्तरको शिक्षालाई कस्तो बनाउने अधिकार स्थानीय तहलाई दिएकाले अब स्थानीय तहले स्थान बिशेषलाई ध्यानमा राखेर त्यहाँका आवश्यकता के हो पहिचान गरि शिक्षाको पाठयक्रम बिकास गरि लागु गर्न सक्ने भएकाले त्यस तर्फ ध्यान दिन आग्रह गरे । शिक्षाका लागि उदयपुरको गाईघाट खोटाङ, ओखलढुंगा र उदयपुरको शैक्षिक हब बन्न सक्ने आफुले देखेको बताए । त्रिभुवन बिश्वबिद्यालय रबर हो, जसले जति तान्न सक्छ उतिनै लिन्न सक्ने बताउँदै कार्ययोजनाका साथ आउनु होस त्रिभुवन बिश्वबिद्यालय दिन तयार छ ।
त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीले प्राविधिक शिक्षा बिना राज्यले अबलम्बन गरेको सुखि नेपाली समृद्ध नेपालको परिकल्पना पुरा नहुने बताए । नगरपालिकाले बरुवा क्याम्पसलाई शैक्षिक हबको रुपमा बिकास गर्ने तयारी गरेको जानकारी दिए ।
नगरपालिकाले शिक्षाको पहिलो जग भनेकै सामुदायिक बिद्यालय भएकाले नगर क्षेत्र भित्रका त्रियुगा माध्यामिक बिद्यालय गाईघाटमा सिभिल ईन्जिनिरिङ्ग, जनता अम्बेर माध्यामिक बिद्यालय राजाबासमा स्वास्थ्य, माध्यामिक बिद्यालय लक्ष्मीपुरमा कृषि तथा भेटनरी, बाल मन्दिर माध्यामिक बिद्यालय बोक्सेमा अमिन बिषयको प्राविधिक शिक्षा दिने तयारी भई रहेको बताए । नगरपालिकाले प्राविधिक शिक्षाको अलाबा सिपलाई स्कुलसँग जोड्ने प्रयास गरेका छौं ।
माथेमा प्रतिवेदनले उदयपुरमा मेडिकल कलेज खोल्न सरकारलाई प्रतिवेदन दिएको थियो । अहिले सो प्रतिवेदनको आधारमा शिक्षा तथा स्वास्थ्य मन्त्रालयसँग मेडिकल कलेज खोल्ने कुरा भई रहेको छ । मेडिकल कलेज निर्माणका लागि ३५ बिगाहा जग्गा आवश्यक पर्ने भएकाले नगरपालिकाले मेडिकल कलेजका लागि ३५ बिगाहा जग्गा दिन तयार रहेको बताए । सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्दै जीवन उपयोगी शिक्षा दिने गरि कार्यक्रम तय हुदैछ ।
नगर प्रमुख चौधरीले चाईनामा बिद्यालय स्तरमा नै प्राविधिक शिक्षाको पढाई हुने गरेको बिद्यालय समय सकिएपछि बिद्यालयहरु आफुले अध्यायन गरेको बिषय अनुरुप काम गर्ने गरेकाले काम गर्दै कमाई पनि गर्ने गरेको उदाहरण दिए । जीवन उपयोगी र प्राविधिक शिक्षाको कमिले गर्दा नेपालीहरु काम गर्न चाहदैन् नेपालीमा काम गर्न आउने भारतीयहरुले यहाँबाट धेरै पैसा लैजाने गरेको एक अध्यायनले देखाएको छ । नेपालबाट भारतमा रेमिट्रयान्स भित्रिने मुलुकहरु मध्ये नेपाल चौथो नम्बरमा पर्दछ भारतका लागि । हामीमा ब्यवस्थित र ब्यवसायीक सिपको कमिले हाम्रा उत्पादनहरु कमजोर हुन पुगेका छन् । हाम्रो शिक्षाा अध्यायन र अनुसन्धान मुखि छैन् । हाम्रो शिक्षालाई ब्यवहार जीवन उपयोगी बनाउने तिर सबैले जोड दिनु पर्ने नगर प्रमुख चौधरीको भनाई रहेको छ ।
नेपाली काग्रेसका सभापति बिदुर बस्नेतले सिप मुलक ब्यववासायीक प्राविधिक शिक्षा बिना देश बन्दैन् । शिक्षाको गुणस्तरीयता कायम राख्न सक्नु पर्दछ । मेडिकल कलेजले पुरै नगरको बिकास हुन्छ मेडिकल कलेज ल्याउन नगर प्रमुखलाई आग्रह गरे ।
प्रधानाध्यापक पुण्य कार्कीले देशलाई आवश्यक पर्ने जनशक्ति बिदेशमा रहेको बताउँदै देशका ५० लाख युवा जनशक्ति मुलुक बाहिर श्रम र पसिना बिक्रि गर्न बाध्य छन् त्यसलाई स्वदेशमा नै ल्याउन सके समृद्ध नेपाल निर्माण गर्न सकिने थियो ।
कार्यक्रममा बरुवा क्याम्पसका क्याम्पस प्रमुख भिमबहादुर खड्काले क्याम्पसको गतिबिधिको बारेमा संक्षिप्त प्रतिवेदन पेश गरेको थियो । २०६६ सालमा स्थापना भएको क्याम्पसमा ३० जना प्राध्यापक र ५ सय बिद्यार्थी शिक्षा र ब्यवस्थापन संकाय संञ्चानलनमा रहेको उल्लेख गरिएको थियो । यस क्याम्पसले ८२ प्रतिशत बिद्यार्थी पास गराउन सफल रहेको औल्याउदै क्याम्पसको १ बिगाहा १६ कठ्ठा जग्गामा क्याम्पस भवन निर्माण प्रारम्भ गरिएको जानकारी दिएका थिए । क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालन र कानुन, प्राविधिक तथा ब्यवसायीक शिक्षा र मेडिकल कलेज र नसिङ्ग, एचए, कृषि, भेटनरीको कक्षा सञ्चालन गर्न अध्यायन भई रहेको बताए ।
छलफलमा नेकपाका दिलबहादुर तामाङ, लक्ष्मीपुर माध्यामिक बिद्यालयका प्रधानाध्यापक टंकप्रसाद गुरागाई, त्रियुगा माध्यामिक बिद्यालयका प्रधानाध्यापक सुवास बिष्ट, जनज्योति माध्यामिक बिद्यालय चुहाडेका प्रधानाध्यापक पुण्य कार्की, राष्ट्रिय माध्यामिक बिद्यालय बगाहाका प्रधानाध्यपक यादबबहादुर बस्नेत, सत्यदेवी माध्यामिक बिद्यालय झुल्केका प्रधानाध्यापक तिलक कटुवाल वडा अध्यक्ष बिश्वराज भट्टराई, स्वबियु सभापति महेश खड्का लगायतले सुझाब दिएका थिए ।

तपाईको प्रतिक्रिया