- सुखिलाल चौधरी

उदयपुर – चिनिया कम्पनीले उत्पादन गर्न खोजेको सिएचओ सेल नामक कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल (प्रयोगशाला परीक्षण) खोपले त्रियुगा नगरपालिका १ हाटखोला जोगिदहका २८ वर्षिय सुन्दर मलिक डोमको मानसिक सन्तुलन गुम्ने खतराको चरणमा पुगेको छ । सिएचओ सेल नामक खोप अहिले परीक्षणकै क्रममा रहेको छ ।

सिएचओ सेल नामक कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल खोपले सुन्दरको मानसिक सन्तुलन गुमेको आरोप विरामी कुरुवा सुन्दरको दिदी रिता मलिकले लगाईन् । अहिले उनको दुवै हात खुट्टा बेडमा बाँधेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुँदैछ । उनलाई औषधि र खानेकुरा खुवाउँदा मात्रै बाँधिएको हात खोलिन्छ । दिसाव पिसाव नालाबाट गर्ने गरेको छ ।

सिएचओ सेल कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल खोपले मानसिक सन्तुलन गुमेका सुन्दर मलिक डोमको दुवै हात खुट्टा बेडमा बाँधेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्दै । तस्विर : विरामी कुरुवा दिदी निुतु मलिक

गत बुधबार उदयपुरको गैरसरकारी संस्था मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) नेपालका प्रतिनिधिहरुले त्रियुगा नगरपालिका १ का नौ जनालाई सो खोप लगाउन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेपनि सुन्दर, विवेक दनुवार र युवराज अधिकारीलाई मात्रै सो खोप लगाएका थिए । सुन्दरले खोप लगाएर आएपछि बुधबार बेलुका अन्दाजी ६ः३० बजे घरमा एक्कासी रिङ्गटा लागि ढलेपछि जिल्ला अस्पताल उदयपुरमा उपचार पछि उनलाई धरान रेफर गरिएको थियो । मलिकको चार वटा दाँत भाँचेको छ भने ओठ काटिएर टाँका लगाएको छ ।

खोपको कारणले अहिलेसम्म भाईको होस नखुलेको र उनको मानसिक सन्तुलन गुमे जस्तो भएर हातखुट्टा बाँधेर उपचार भईरहेको उनका दिदी नितुले बताईन् । उफ्रिने, चिच्याउने, कराउने, बरबराउने, स्लाइन पानी फ्याक्ने, ओठमा लागेको टाका थुत्ने, डाक्टर नर्स र विरामीको कुरुवाहरुलाई कुट्न खोजेपछि हातखुट्टा बाँधेर निद्राको औषधि चलाएको उनले बताईन् । ‘केश जटिल बन्दै गएको छ, अहिले श्रीमतिलाई पनि चिन्न छोडि सकेको छ, आफै आफै बरबराउने गरेको छ, कहिले खुकुरी ले भन्छ त कहिले ढुंगाले हानु भन्दै चिच्याउने कराउने गरेको छ । कुनै बेला हडिया काम गर्न जान ढिलो भयो भन्दै छ ।’ उनले भनिन– ‘उपचारमा संलग्न डाक्टर, नर्सलाई झम्टन खोज्छ, बुहारी र मैले सम्हाल्न नसकेपछि दुई दाजुभाईलाई बोलाएको छौं ।’

मानसिक सन्तुलन ठिक नभएपछि सुन्दरले आफ्नै श्रीमतिलाई मेरो दिदी भन्दै छ, अहिले दिसा पिसाव बेडमै गरिदिने, खानपिन र औषधि खुवाउँदा दाजुहरुले पक्रेर खुवाउने गरिएको छ । डाक्टर र नर्सहरुले भनिरहेको छ, लडेर हो वा औषधिको कारणले यस्को असर टाउको दिमागमा पर्न गएको हुन सक्छ । लडेको चोट वा औषधिले दिमागमा असर गरेमा मानसिक सन्तुलन गुम्ने खतरा छ, यस्तै व्यवहार गरिरह्यो भने हातखुट्टा बाँधेर सम्भव नभए आइसियुमा राखेर उपचार गर्नु पर्ने डाक्टरलाई उध्रित गर्दै विरामीकी दिदी नितुले बताईन् ।

भाईको अवस्था यस्तो छ तर हुरेण्डेक संस्थाको प्रतिनिधि विकास बन्जाडेले सामान्य दुई तीन हजार खर्च दिन्छ र उल्टै चिया, नास्ता, विरामीको खाजा, नास्ता, भात र रिचार्ज कार्ड लगायत सा–साना खर्चको विल किन लिएर नआएको ? विल भएन भने पैसा पाउँदैनौ भन्दा सारै दुःख लागेको नितुले बताईन् । अहिले सामान्य चिया नास्ता, रिचार्ज, एक दुई वटा पाउरोटी र एक गिलास दुधको कसले विल दिन्छ उनले बताईन् ।
उनले भनिन्– ‘मेरो श्रीमान बाहिर छ, आमा बुबा वित्नु भयो, ८–१० वर्षको छोराछोरी छोडेर यहाँ आएको छु, छोराछोरीको विजोग भएको छ के खान्छ के गर्दै छ थाह छैन, मंसिर २८ गते लद्यु वित्तको किस्ता छ, घर जान्छु भन्दा मान्छे खोजेर राखिदे अनि घर जा भन्दैछ । हामी दुई घर डोम छौं । हामी कस्लाई राख्ने उनीहरुले कुरै सुन्नै मान्दैन । अहिले आफुलाई मर्नु न बाँँच्नु भएको छ । हाम्रो भाईलाई ललाई फकाई खोप लगाउन लगाउने देवी कटुवालले फोन उठाउँदैन, फोन उठाए पनि म पहाडमा छु भन्छ, अव के गर्ने आफै विजोकमा परि सके ।

यस विषयमा हुरेण्डेक नेपालका अध्यक्ष शंकर थापालाई सम्पर्क गर्दा विरामीको उपचार हुँदैछ बताउनुभयो । हुरेण्डेकको दुई जना प्रतिनिधिहरु धरानमा रहेको छ । विरामीको हात खुट्टा बाँधेर उपचार भईरहेको बारे आफुलाई केहि थाह नभएको अध्यक्ष थापाले बताए ।

चिनीया कम्पनीले उत्पादन गरेको सिएचओ सेल नामक कोरोना भ्याक्सिनको तेस्रो चरणको खोप परीक्षण गर्न स्थानीय एकीकृत विकास समाज नेपाल र हुरेण्डेक नेपाल विच उदयपुरका ३ हजार रकम दिएर ३ हजारलाई सो खोप लगाउन मानिस बटुल्ने कामको लागि सम्झौता भएको छ ।
स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य सेवा बिभागको अनुमति बेगर कुनै कार्यक्रम गर्न नपाईने स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी तथा खोप सुपर भाइजर चिरन्जिवी निरौलाले जानकारी दिए । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभाग हाम्रो माथिलो निकाय हो । राय प्रतिक्रियाको लागि स्वास्थ्य निर्देशनालय धनकुटा लेखेर पठाएपनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको निरौलाले जानकारी दिए । अरुले जेजे गरेपनि ६ लाइन भएपनि त्यहाबाट नलेखाई आधिकारिक र अनुमति हुँदैन् ।

थप सम्बन्धित समाचार

हुरेण्डेकले ३ हजार दिँदै ३ हजार उदयपुरेको ज्यानसँग खेलवाड गर्दै, एक गम्भिर

तपाईको प्रतिक्रिया