उदयपुरगढीमा ५ दिने पत्रकारिता तालिम शुरु

उदयपुर, ‘समृद्ध स्थानीय सरकार, एक वडा–एक पत्रकार’ भन्ने मुल नारा सहित उदयपुरगढीमा ५ दिने पत्रकारिता तालिम मंगलबारबाट शुरु भएको छ । उदयपुरगढी गाउँपालिकाको सहयोग, नेपाल पत्रकार महासंघ शाखा उदयपुरको आयोजना र उदयपुरगढी साप्ताहिकको व्यवस्थापनमा ५ दिने आधारभूत पत्रकारिता तालिम मंगलबारदेखि सुरु भएको हो । गाउँपालिका उपाध्यक्ष सानु कुमारी राउतले उद्घाटन गर्दै शुभकामना मन्तव्यमा समाजमा भए गरेका कामकाजको स...

हात्तिको आक्रमणबाट मृतक परिवारलाई १० लाख राहत

उदयपुर, उदयपुरमा जंगली हात्तिको आक्रमणबाट ज्यान गुमाएका बेलका नगरपालिका ३ का रामकुमार सार्की (अपाङ)को परिवारलाई राहत स्वरुप १० लाख रुपैँया उपलब्ध गराइएको छ । कोशी टप्पु वन्य जन्तु आरक्ष केन्द्रले उपलब्ध गराएको रकम डिभिजन वन कार्यालय उदयपुरका प्रमुख बिष्णुप्रसाद आचार्यले बुवा डम्बरबहादुरलाई सोमबार हस्तान्तरण गरेका हुन् । राहत रकम लिन कार्यालय आईपुगेका सार्कीलाई प्रमुख आचार्यले सञ्चारकर्मीको रोहवर...

प्रथम राष्ट्रिय बेटी सम्मेलन सुरु

उदयपुर, नेपालकै पहिलो वेटी सम्मेलन आईतबारदेखि उदयपुरको सदरमुकाम गाईघाटमा सुरु भएको छ । पुर्व शिक्षा मन्त्री एवंम पुर्व उपसभामुख चित्रलेखा यादवले उद्घाटन गरेको सम्मेलनमा संघ तथा प्रदेशका सांसदहरुको समेत उपस्थ्ति रहेको छ । तीन दिनसम्म सुञ्चालन हुने सम्मेलनमा छोरीहरुको शिक्षा, स्वास्थ्य र महिला हिंसाका सवालमा महत्वपूर्ण छलफल तथा कार्ययोजना तय हुने आयोजक मुलधार महिला सेवा केन्द्रकी अध्यक्ष नजवुल खानल...

कसमस सिमेन्टद्वारा अवैध चुन ढुंगा उत्खन्न

कसमस सिमेन्टद्वारा अवैध चुन ढुंगा उत्खन्न
उदयपुर, उदयपुरगढीमा रहेको कसमस सिमेन्टको चुन ढुंगा खानीमा अवैध रुपमा उत्खन्न गरेको भन्दै वन कार्यालयले रोक लगाएको छ । धनुषाको महेन्द्रनगरमा रहेको कसमकस सिमेन्टले उदयपुरको उदयपुरगढी गाउँपालिका ४ र ५ वडाको सीमा क्षेत्रमा पर्ने माटी खोला राष्ट्रिय वनबाट विगत ६ महिनादेखि उत्खनन गर्दै आएको चुनढुंगा रोकिएको हो । कसमसले वन क्षेत्रमा खानी उत्खननको कानूनी प्रक्रिया नपुर्याएपछि डिभिजन वन कार्यालय त्रिवेणीक...

संरक्षणको अभावमा लोप हुँदै लाली गुराँस

संरक्षणको अभावमा लोप हुँदै लाली गुराँस
उदयपुर, कुनै पनि निकायले संरक्षणमा चासो नदेखाउँदा उदयपुरको पहाडी क्षेत्रबाट लाली गुराँस लोप हुँदै गएको छ । जिल्लाको महारभारत क्षेत्रमा पाईने विभिन्न प्रजातिका लाली गुराँस पछिल्लो समय लोप हुदै गएको हो । नेपाल तथा भारतका पहाडी भू–भागमा पाइने एक प्रकारको वनस्पति लाली गुराँस उदयपुरमा संरक्षणको अभावमा लोप हुँदै गएको पाइन्छ । प्रायः फागुन चैत्र तिर महाभारत क्षेत्रको डाँडाँकाडमा रातैभएर फुल्ने लाली गुरा...

बेटी सम्मेलनको तयारी पुरा

उदयपुर । नेपालमै पहिलो पटक हुन लागेको ‘प्रथम राष्ट्रिय बेटी सम्मेलन २०७५’ को अन्तिम तयारी पुरा भएको छ । माघ २७ देखि ३० गतेसम्म उदयपुरको गाईघाटमा हुने सम्मेलनको अन्तिम तयारी पुरा भएको हो । सदरमुकाम गाईघाटमा शनिवार भएको पत्रकार भेटघाट कार्यक्रममा सम्मेलनको तयारी पूर्ण रुपमा पुरा भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार बेटी अर्थात छोरीहरुको शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मानिर्भरताको मुद्दाहरुलाई उठ...

चतराधाममा तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव : राष्ट्रपति भण्डारी

चतराधाममा तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव : राष्ट्रपति भण्डारी
 धरान, राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको वराहक्षेत्रको प्राचीन हरिद्वार चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञको उद्घाटन गरेकी छन । राष्ट्रपति भण्डारीले आज दिउँसो रामानन्द सेवापीठले निर्माण गरेका १२८ कोठे नव निर्मित श्रीराम निकेतन, लक्ष्मण निलियम र जानकी सदनको समेत उद्घाटन गरेकी छन् । महायज्ञको उद्घाटन कार्यक्रममा उनले नेपालमा पहिलो पटक भएको तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव भएको बताइ...

पूर्व प्रधान सेनापति गौरब शम्शेर जबरा सहित १५० साइकल यात्रु पुग्यो कोशी टप्पु

पूर्व प्रधान सेनापति गौरब शम्शेर जबरा सहित १५० साइकल यात्रु पुग्यो कोशी टप्पु
उदयपुर, त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले बिश्वको रामसार सुचिमा सुचिकृत भएको कोशी टप्पु ओझेलमा परेकाले त्यसको प्रर्बद्धनमा लाग्न सबैलाई अनुरोध गरे । विश्वको नै महत्वपूर्ण सिमसार क्षेत्रमा पर्ने कोशी टप्पुलाई पर्यटकिय हबको रुपमा चिलाउन साईकल ¥यालीको आयोजना गरिएको बताए । स्वास्थ्य, पर्यावरण र पर्यटनसंगसंगै भन्ने नाराका साथ उदयपुर जिल्ला साईक्लिङ संघ उदयपुर तथा नेपाली सेनाको श्री नं. १८ ...

प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा

प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा
खोज पत्रकारिता केन्द्र , खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले सन् २०१७ मा गरेको पनामा ‘लिक्स’ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित सात जना नेपालीले ट्याक्स हेवन मुलुकहरूमा लगानी गरेको तथ्य सार्वजनिक गरेको थियो । त्यसपछि हामीले आईसीआईजेसँग नेपालसँग सम्बन्धित विवरण मागेर अनुसन्धान गर्...

अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने : प्रचण्ड (भिडियो सहित)

अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने : प्रचण्ड (भिडियो सहित)
काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को माओवादीको जन्म हुन सक्ने बताएका छन् । पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले लेखेको ‘न्यायिक समिति : कार्यविधि र प्रक्रिया’ पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । नेकपा अध्यक्ष प्रचण्डले शान्ति सम्झौताको मर्म विपरीत पुराना मुद्दाहरुलाई पुलिस कहाँ पठाउने र पक्राउ गर्न थालिएको भन्दै असन्तुष्टि जनाए । ‘हामीले शा...