बृद्धभत्ताका प्रवर्तक भरतमोहन अधिकारीको निधन, यसरी सम्झिए नेता नेपालले
उदयपुर, नेपालमा सामाजिक सुरक्षाभत्ता (बृद्धभत्ता) का प्रबर्तक पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । झण्डै ३ सातायता विरामी परेर काठमाडौंको ह्याम्स अस्पतालमा उपचारारत ८२ वर्षीय अधिकारीको शनिबार साँझ निधन भएको आफन्तका सहयोगी महेश विष्टले बताएका छन् ।
उनको निधनबारे अस्पतालले भने आधिकारिक पुष्टि गरेको छैन । विष्टका अनुसार विगत १६ दिनदेखि अधिकारीलाई भेन्टिलेटरमा राखेर उपचार ...













