आधुनिक हातहतियार सहित लिम्बु पक्राउ
सुनसरी, धरान उपमहानगरपालिका ६ पानबारी चोक्टीबाट विभिन्न आधुनिक हतियार सहित मोरङ केराबारी गाउँपालिका १० बाहुनी बस्ने ४२ वर्षीय देवकुमार लिम्बु (संगीत) लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी पानबारी सुनसरीबाट खटिएको प्रहरी चेकिङ टोलीले सवारी साधन जाँच गर्ने क्रममा धरानबाट मोरङको केराबारीतर्फ जाँदै गरेको मे.५ प ७५ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा नरोकी भागेपछि प्रहरीले तत्कालै पिछा गर्द...






