उदयपुरमा ७ वर्षिय बालकको पहिरोमा परि मृत्यु
उदयपुर । उदयपुरमा एक ७ वर्षीय बालकको पहिरोमा परेर ज्यान गएको छ । कटारी नगरपालिका वडा नम्बर २ मिलन चौक बस्ने पोष्ट बहादुर मगरको छोरा कर्ण मगरको पहिरोमा परी ज्यान गएको हो ।
शुक्रबार साढे १ बजेको समयमा घर नजिक रहेको आँप खहरे खोलामा खेल्ने क्रममा माथिबाट अचानक पहिरो गई निज बालक शक्त घाईते भएका थिए । घाईते बालकलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा उनको बटोमै ज्यान गएको थियो । मृत बालकको शवलाई ...











