उदयपुर सिमेन्ट उद्योगको उत्पादन असोजमा झन घट्यो
उदयपुर । उदयपुर सिमेन्ट उद्योगले दैनिक रुपमा अहिलेसम्म कै कम सिमेन्ट उत्पादन गरिरहेको छ । राम्रो क्षमतामा सञ्चालन भइरहेको उदयपुर सिमेन्ट एकाएक दिनप्रति दिन ह्रास हुँदै आएको छ । उद्योगले अहिले आधा पनि उत्पादन दिँदैनन् । दैनिक ८ सय मेट्रिक टन क्षमताको उद्योगले असोज महिनामा ६ हजार ४ सय २० मेट्रिक टन अर्थात दैनिक सरदर २ सय ७ मेट्रिक टन मात्रै उत्पादन दिएको छ ।
भदौं महिनासम्म दैनिक सरदर २ सय ६२ मेट्रि...












