उदयपुर जिल्ला बासीलाई प्रधानमन्त्री केपी ओलीले किन दिए धन्यवाद ! कारण यस्तो

उदयपुर जिल्ला बासीलाई प्रधानमन्त्री केपी ओलीले किन दिए धन्यवाद ! कारण यस्तो
उदयपुर / विश्व वातावरण दिवसमा दिवसको अवसरमा फलफुलका विरुवा रोप्ने जिल्ला मध्ये उदयपुर चौथो नम्बरमा परेको छ । एक नेपाली एक विरुवा कार्यक्रम अन्तरगत धेरै विरुवा रोपेकाले उदयपुर चौथो नम्बरमा परेको हो । विश्व वातावरण दिवस दिवस ५ जुन २०१८ मा प्रधानमन्त्री केपी ओलीले सिंहदरबार परिसरमा विरुवा रोपेर कार्यक्रमको सुरुवात गरेका थिए । धेरै फलफुलका विरुवा रोपेकोमा उत्साहजनक सहभागिताका लागि सम्पूर्ण उदयपुर जिल्...

उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने

उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने
रिता राउत / उदयपुर / उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । बिहिवार मूलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरले पत्रकार सम्मेलन गरी सोको जानकारी गराएका हुन् । ‘सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी सशक्तिकरणको हतियार’ भन्ने मूल नाराका साथ माघ १८,१९ र २० गते प्रथम बेटी सम्मेलन उदयपुरको सदरमुकाम गाईघाटमा हुने भएको छ । निःशुल्क सेनेटरी प्याडको व्यवस्थापन ...

बालविवाह न्यूनिकरणमा स्थानीय सरोकारवाला निकाय प्रतिवद्ध

बालविवाह न्यूनिकरणमा स्थानीय सरोकारवाला निकाय प्रतिवद्ध
रिता राउत / उदयपुर / उदयपुरमा धेरै बालविाह हुने गरेको त्रियुगा नगरपालिका ८ र ९ का स्थानीय निकाय, संघसंस्था, बुद्धिजीवी, शिक्षक शिक्षिका, बालक्लवहरु बालविवाह न्यूनिकरण गर्नको लागि प्रतिवद्ध भएका छन् । स्थानीय निकायदेखि सरोकारवाला निकायहरु बालविवाह रोक्न एकताबद्ध भएर अगाडी बढ्ने भएका छन् । त्रियुगा नगरपालिका ९ राजावासको ओरेक भवनमा सम्पन्न बालविवाह न्युनिकरणका लागि बृहत योजना बैठकमा सम्पूर्ण सहभागी ...

परराष्ट्र मन्त्रालयको सुनामीमा ‘बधाई’ काण्ड सेलाउन नपाउँदै यातायात व्यवस्था कार्यालयमा यस्तै काण्ड, ‘लिङ्गमा नेटवर्क समस्या’ (पत्रसहित)

परराष्ट्र मन्त्रालयको सुनामीमा ‘बधाई’ काण्ड सेलाउन नपाउँदै यातायात व्यवस्था कार्यालयमा यस्तै काण्ड, ‘लिङ्गमा नेटवर्क समस्या’ (पत्रसहित)
काठमाडौं / परराष्ट्र मन्त्रालयको सुनामीमा बधाई काण्ड सेलाउन नपाउँदै यातायात व्यवस्था कार्यालयमा यस्तै, ‘लिङ्गमा नेटवर्क समस्या’ पत्र सामाजिक संजालमा भाईरल भईरहेको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र बागमतिको पत्रमा ‘लिङ्गमा नेटवर्क समस्या’ यस्तो त्रुटिपूर्ण शब्द लेखेको भेटिएको छ । मिति २०७५÷०९÷११ गतेको सूचनामा ‘यातायात व्यवस्था विभागसम...

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम संचालन

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम संचालन
उदयपुर / ‘सीप सिकौं, उद्यमी बनौं’ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा तीन महिने आधारभूत निःशुल्क व्युटिपार्लर तालिम संचालन गरेको छ । भगत सर्वजित कार्यक्रम अन्तर्गत श्रृजा व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको समन्वयमा तीन महिने आधारभूत निःशुल्क व्युटी पार्लर तालिम गाईघाटमा संचालन गरेको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर पर...

मेयर ज्ञानेन्द्र श्रेष्ठले सडकको कालोपत्रे गुणस्तर कायम गर्न आफैले रोलर चलाए (भिडियो सहित)

मेयर ज्ञानेन्द्र श्रेष्ठले सडकको कालोपत्रे  गुणस्तर कायम गर्न आफैले रोलर चलाए (भिडियो सहित)
उदयपुर / उदयपुरका एक नगरपालिकाका मेयर सडक कालोपत्रे गुणस्तर कायम गर्न आफै प्रत्यक्ष सहभागी भएर रोलर चलाएका छन् । आफ्नो नगरको विकासका लागि विभिन्न रचनात्मक कार्य गर्दै आएका उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले फेरी अर्काे रचनात्मक कार्य गरेका छन । नगरप्रमुख श्रेष्ठले कटारी बजार भित्र निर्माण भईरहेको कालोपत्रे सडकको गुणस्तर कायम गर्न आफैले रोलर चलाएका हुन । कालोपत्रे सडकमा गुणस्तरह...

नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु
काठमाडौं – दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । कञ्चनपुरमा आयोजित विभिन्न कार...

खाना परिकार मेला समापन, ‘दिपमा’ ले जितिन नेवाः छमछमी–२ को उपाधि

खाना परिकार मेला समापन, ‘दिपमा’ ले जितिन नेवाः छमछमी–२ को उपाधि
उदयपुर /उदयपुरमा पहिलोपटक फुडफेस्टिवल (खानाको परिकार) मेला मंगलबार समापन भएको छ । जिल्ला होटल व्यवसायी संघ र झीगु नेवाः पुचः उदयपुरको संयुक्त आयोजनामा गत पुस १ गतेदेखि १० गतेसम्म सदरमुकाम गाईघाटमा संचालन भएको खाना परिकार महोत्सव विधिवत रुपमा समापन भएको हो । समापन कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले स्थानीय उत्पादनलाई प्रोत्सहान गरेकोले यस मेलाको सार्थकता रहेको बताए । ...

पूर्व राजालाई चुनावमा भाग लिएर राष्ट्रप्रमुख बन्न चुनौति : केन्द्रिय सदस्य रिजाल

पूर्व राजालाई चुनावमा भाग लिएर राष्ट्रप्रमुख बन्न चुनौति : केन्द्रिय सदस्य रिजाल
उदयपुर / संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामप्रसाद रिजालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनावमा भाग लिएर राष्ट्रप्रमुख बन्न चुनौति दिएका छन् । ससफो उदयपुर जिल्ला समितिको १०औं बैठकमा उनले सो कुरा बताएका हुन् । पूर्व राजा शाहले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता आन्दोलनबाट प्राप्त उपलब्धिहरु मास्ने गरी चलखेल गर्न थालेकाले आगामी निर्वाचनबाट राष्ट्रप्रमुख बन्न चुनौति दिएका छन् । रा...

कटारीको बसेरी स्वास्थ्य चौकी भवन उद्घाटन

कटारीको बसेरी स्वास्थ्य चौकी भवन उद्घाटन
उदयपुर / कटारी नगरपालिका १२ स्थित बसेरी स्वास्थ्य चौकी भवनको एक कार्यक्रमको विच उद्घाटन भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालयको सहयोगमा बनेको स्वास्थ्य चौकी भवनको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् । २०६९ साल चैत ३२ गते शिलान्यास भएको शौचालय सहित २७ कोठे भवन २ करोडको लागतमा निर्माण भएको हो । २०५३ सालमा स्थापना भएको उप स्वास्थ्य चौकी स्थापना भएको ५ बर्ष सम्म उच्च म...