नापतौल शिविरमा एक सय ७५ व्यवसायीले लिए सुविधा
उदयपुर -जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा गाईघाटमा सम्पन्न नाप तौल सम्बन्धी शिविरमा एक सय ७५ व्यवसायीले सुविधा लिएको छ । शिविरमा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सेवा गाईघाटमा लिइएको हो ।
शनिबारदेखि मंगलबारसम्म भएको नाप तौल शिविरमा एक सय ७५ व्यवसायीले गाईघाटमा नाप तौलका सामग्री चेकजाँच, नविकरण र नयाँ दर्ता गरेको जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भग...












