मारुती, कसमस र सौर्य सिमेन्टको चुनढंगा ढुवानी गर्ने टिप्पर वैकल्पिक मार्ग प्रयोग गर्नु पर्ने

उदयपुर, उदयपुरको कटारी नगरपालिकाभित्र मारुती, कसमस र सौर्य सिमेन्ट उद्योगको चुन ढुङ्गा ढुवानी गर्ने टिप्परका लागि वैकल्पिक मार्ग खोजिने भएको छ । आइतबार नगरप्रमुखसहित सरोकारवालाहरूबिच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । छलफलमा प्रदेश सांसद कला घले, नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, वडाध्यक्षहरु नवराज पोखरेल, प्रेम बहादुर थापा, राम पोखरेल, कृष्णराज दनुवार लगायतका सरोकारवालाहरूको उपस्थितमा यस्तो ...

स्वास्थ्यमा खेलबाड : मापदण्ड नपुगेका कम्पनीका औषधि बजारमा विक्री वितरण

स्वास्थ्यमा खेलबाड : मापदण्ड नपुगेका कम्पनीका औषधि बजारमा विक्री वितरण
काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ। जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको सुझाव छ। त्यसैले जिएमपी मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीले उत्पादन ग...

१८ उद्योग कारवाहीमा : यी सिमेन्ट र डण्डी गुणस्तरहिन प्रमाणित

१८ उद्योग कारवाहीमा : यी सिमेन्ट र डण्डी गुणस्तरहिन प्रमाणित
काठमाडौं, नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्ने उक्त उद्योगलाई कारवाही गरेको हो । कारवाहीमा परेका उद्योगमा घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लाष्टिक उद्योग, नारायणी सिमेन्ट उद्योग प्रालि बारा, मेग...

उदयपुरगढीको हाडेबासमा सम्पन्न घुम्ति शिवीरमा ७२७ जनाले सेवा पाए

उदयपुरगढीको हाडेबासमा सम्पन्न घुम्ति शिवीरमा ७२७ जनाले सेवा पाए
उदयपुर, उदयपुरगढी गाउँपालिकाको ७ स्थित माध्यामिक बिद्यालय हाडेबासमा शुक्रवार देखि संचालित एकिकृत घुम्ति शिवीरमा ७२७ जनाले सेवा पाएका छन । जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजनामा सम्पन्न शिबिरमा ३६७ जनाले नागरिकताको प्रमाणपत्र र ३६० जनाले फोटो सहितको निर्वाचन नामावलीमा नाम दर्ता गराएका हुन । दुई दिने एकिकृत घुम्ति शिविरको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकिय अधिकृत कुमारबहादुर खड्काक...

त्रियुगा नगरपालिकाले सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिने

त्रियुगा नगरपालिकाले सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिने
उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले नगर क्षेत्रका सुत्केरी महिलाहरुलाई एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी थालेको बताए । घरघरमा नै प्रसुति हुने क्रमलाई घटाउन नगर पालिकाले सुत्केरी महिलालाई स्वास्थ्य संस्था सम्म लैजाने एम्बुलेन्सको खर्च दिन लागेको हो । त्रियुगा नगरपालिका वडा नम्बर १२ ले आयोजना गरेको जेष्ठ नागरिक, एकल महिला, र अपाङ्गता भएका ब्यक्तिहरुलाई जाडोको मौसम भएकाले एक÷...

साप्ताहिक हाट बजार सडकमै, निर्माण गरिएका घर टहरा खाली (तस्विर सहित)

साप्ताहिक हाट बजार सडकमै, निर्माण गरिएका घर टहरा खाली (तस्विर सहित)
डिएन चौधरी, उदयपुर , उदयपुरको त्रियुगा नगरपाललिका ९ स्थित राजावासमा लाग्ने स्थानिय साप्ताहिक बजार अझै सडकमै लागाइरहेको छ । बजार सडकमै रहेको हुँदा वजारमा किनमेल गर्न आउने मानिसहरुलाई सडक दुर्घटना हुने खतरा त छदै छ, खुद्रा बजार व्यवसायीलाई पनि त्यतिकै जोखिम रहेको छ । हप्ताको शुक्रवार लाग्ने वजार पछिल्लो समय धरान ,चतरा गाईघाट हुदै सिन्धुली मदन भण्डारी राजमार्गको सडक विस्तारका कारणले बजार प्रभावित हुन...

उदयपुर सिमेन्टले पूरानो रेकर्ड तोड्दै ९३० मेट्रिक टन उत्पादन गरी नयाँ रेकर्ड कायम

उदयपुर सिमेन्टले पूरानो रेकर्ड तोड्दै ९३० मेट्रिक टन उत्पादन गरी नयाँ रेकर्ड कायम
सुखिलाल चौधरी, उदयपुर, मुलुलको सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगले शनिबार ९ सय ३० मेट्रिक टन सिमेन्ट उत्पादन गरेर फेरी अर्को नयाँ रेकर्ड कायम गरेको छ । सरकारी स्वामित्वको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले आफ्नै रेकडलाई तोडदै ९ सय ३० मेट्रिक टन सिमेन्ट उत्पादन गरेर नयाँ नयाँ किर्तिमान कायम गरेको हो । सिमेन्ट उद्योग मर्मतपछिको यो सवै भन्दा बढी हो । जापानिज प्राविध...

उदयपुरगढीको हाडेबासमा दुई दिने एकिकृत घुम्ति शिविर संचालन (फोटो फिचर)

उदयपुरगढीको हाडेबासमा दुई दिने एकिकृत घुम्ति शिविर संचालन (फोटो फिचर)
उदयपुर, जिल्ला प्रशासन कार्यालय उदयपुरले उदयपुरगढी गाउँपालिकाको ६ र ७ स्थित माध्यामिक बिद्यालय हाडेबासमा शुक्रवार देखि एकिकृत घुम्ति शिवीर सञ्चालन गरेको छ । एकिकृत घुम्ति शिविरको प्रदेश १ का सांसद नारायणबहादुर बुर्जा मगरले ७१ वर्षिय गोकुलबहादुर मगरलाई जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले ७० वर्षिय शान्तिमाया खुलाल मगरलाई र उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष सानु राउतले ६६ वर्षिय स...

पाठेघरको मुखको क्यान्सर जाँच सम्वन्धि शिविर सम्पन्न

पाठेघरको मुखको क्यान्सर जाँच सम्वन्धि शिविर सम्पन्न
रिता राउत, उदयपुर, उदयपुरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच सम्वन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्लाको त्रियुगा नगरपालिका १ स्थित वडा कार्यलयको आयोजना र स्वास्थ्य केन्द्र जोगीदहको समन्वय, क्यान्सर रिलिफ सोसाईटिको सहकार्य र रेस्फक नेपालको सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । ग्रामिण महिलाको स्वास्थ्य स्थिति खतराबाट बचाउन एक दिने शिविर संचालन गर...

त्रियुगा नगरपालिकामा बहुला कुकुरको आतंक, दुई दिनमा २७ जनालाई टोक्यो

त्रियुगा नगरपालिकामा बहुला कुकुरको आतंक, दुई दिनमा २७ जनालाई टोक्यो
सुखिलाल चौधरी, उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा दुई दिनयता बहुला कुकुरको आतंक मच्चिएको छ । नगर क्षेत्रका विभिन्न स्थानमा बुधबार ८ जना र विहिबार १९ जना गरी २७ जना भन्दा बढीलाई बहुला कुकरले टोकेको जिल्ला अस्पताल उदयपुरको आकस्मिक कक्षले जनाएको छ । अस्पतालले दिएको जानकारी अनुसार बहुला कुकुरको टोकाईबाट सकलदेव दास, रामेश्वर दाहाल, शान्ति राई, पवित्रा पौडेल र अम्विका पौडल गम्भिर घाइते भएका ...