सुखिलाल चौधरी, उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा दुई दिनयता बहुला कुकुरको आतंक मच्चिएको छ । नगर क्षेत्रका विभिन्न स्थानमा बुधबार ८ जना र विहिबार १९ जना गरी २७ जना भन्दा बढीलाई बहुला कुकरले टोकेको जिल्ला अस्पताल उदयपुरको आकस्मिक कक्षले जनाएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार बहुला कुकुरको टोकाईबाट सकलदेव दास, रामेश्वर दाहाल, शान्ति राई, पवित्रा पौडेल र अम्विका पौडल गम्भिर घाइते भएका छन् । उनीहरुलाई जिल्ला अस्पतालमा रेविज विरुद्धको भ्याक्सिन दिएर ठूलो घाउ भएका कारण थप रेविज विरुद्धको इमिनोग्लोविन भ्याक्सिन लिनको लागि काठमाडौं रेफर गरिएको आकस्मिक कक्षमा कार्यरत चिकित्सव श्याम चौधरीले जानकारी दिए ।
उनका अनुसार बुधबार ८ जना र विहिबार १९ जना बहुला कुकुरले टोकेको विरामीहरुको चेक जाँच गरिएको चिकित्सक चौधरीले जानकारी दिए । उनका अनुसार पाँच जनालाई गहिरो घाउ लागेको छ भने अन्यलाई कुकुरले सामान्य चिथोरेको देखियो । उनीहरुलाई रेविज विरुद्धको भ्याक्सिन दिईएको चिकित्सक चौधरीले जानकारी दिए ।
त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले बहुला कुकुरलाई नियन्त्रणमा लिन टोली परिचालन गर्ने बताएका छन् । उनले एउटै बहुला कुकुरले दुई दर्जनभन्दा बढीलाई टोकेकोले नियन्त्रणमा लिने बताए ।
यस्तै त्रियुगा नगरपालिका पशु सेवा शाखा प्रमुख शिव नारायाण यादवले कुकुर बहुला भएपनि पशु अधिकार अन्तर्गत मार्न नपाईने भएकोले नियन्त्रणमा लिनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया