उदयपुर, उदयपुरको कटारी नगरपालिकाभित्र मारुती, कसमस र सौर्य सिमेन्ट उद्योगको चुन ढुङ्गा ढुवानी गर्ने टिप्परका लागि वैकल्पिक मार्ग खोजिने भएको छ । आइतबार नगरप्रमुखसहित सरोकारवालाहरूबिच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।
छलफलमा प्रदेश सांसद कला घले, नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, वडाध्यक्षहरु नवराज पोखरेल, प्रेम बहादुर थापा, राम पोखरेल, कृष्णराज दनुवार लगायतका सरोकारवालाहरूको उपस्थितमा यस्तो निर्णय गरेको हो । छलफलमा जनताको आवाज सहज बताउन तत्काल ट्रिपरका लागि वैकल्पिक बाटो खोज्ने भएकाले यस्तो निर्णय गर्नुपरेको वडाध्यक्ष नवराज पोखरेलले बताए । सिमेन्ट उत्पादनको हबका रूपमा रहेको उदयपुरका बासिन्दा धूलो धुवाँबाट पीडित छन् । तीन ठूला कम्पनीका करिव २ हजार टिप्पर सञ्चालन छन् । जसका कारण विद्यार्थीहरूलाई समेत विद्यालय आऊ जाऊ गर्न समस्या भएकाले तत्काल यस्तो निर्णय गर्नु परेको वडा ध्यक्ष पोखरेलले बताए । यस्तै विद्यालय समयमा विहान दुई घण्टा र बेलुका दुई घण्टा टिप्पर संचालन नगर्ने सहमति भएपनि टिप्पर संचालन गरि नै रहेको पाइएको वडा अध्यक्ष पोखरेलले बताए ।
२०७० सालमा स्थानीय सरोकारवाला र दुई सिमेन्ट उद्योगबिच पटक पटक भएको सम्झौता समेत कार्यन्वयन नभएको उनीहरूको भनाई थियो । वैकल्पिक मार्ग देखाउँदा समेत सिमेन्ट उधोगले प्रयोग गर्न नमानेको भन्दै उनीहरू अब यसका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । तत्काल वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने निर्णयमा मारुती, कसमस लगायतका सिमेन्ट उद्योगका प्रतिनिधिले भने हस्ताक्षर गरेका छैनन् ।
स्थानीय जनता पटक पटक आन्दोलनमा उत्रिएपछि शिव ॐ मल्टिप्रपोज (मारुती), कसमस र सौर्य सिमेन्ट र स्थानीय विच केही बुद्धाहरुमा सम्झौता भएको थियो ।
१) २०७५ साल सम्म बैकल्पिक बाटो खनेर चुनढंगा लैजाने
२) सिद्धिचरण राजमार्गलाई बर्षौ स्तरउन्नती गर्ने
३) वर्षै पिच्छै सडकको दायाँ बायाँ २–२ मिटर चौडा गर्ने
४) स्तरउन्नती गरेको सडकमा छेउ छेउमा दैनिक पानी लगाउने
५) १ वर्षमा ४ पटक त्रैमासिक रुपमा वातावरण प्रभावित जनताको लागि स्वास्थ्य शिविर संचालन गर्ने
६) धुलो धुवा तथा वातावरण प्रभावित क्षेत्रमा वृक्षारोपण गर्ने
७) वातावरण प्रभावित क्षेत्रमा विकास निर्माणका कामहरु गर्ने
८) अन्य मागहरुमा पनि हस्ताक्षर भएका थिए ।
बैकल्पिक मार्ग बनाउने, सिद्धिचरण मार्ग चौडा गर्ने, स्वास्थ्य शिविर संचालन गर्ने, वातावरण प्रभावित क्षेत्रमा वृक्षारोपण गर्ने लगायतका सवै माग वेवास्था गरेको भन्दै स्थानीय आन्दोलित भएको छ । तर, सिमेन्ट उद्योगले अहिलेसम्म बाटोमा पानी छर्कने बाहेक कुनै माग पुरा नगरेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

तपाईको प्रतिक्रिया