उदयपुर १ को मतगणना अनिश्चित, एमालेका सहित १५ उम्मेदबारद्वारा पुनः मतदानको माग
उदयपुर -उदयपुर १ को प्रतिनिधि सभाको स्थगित मतगणना अनिश्चित भएको छ । विहान ७ बजेदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन् । पटक पटकको सर्वदलिय बैठकले निकास नदिँदा मतगणना अनिश्चित बनेको हो । प्रतिनिधि सभाको मत पेटिकामा १०० मत प्रदेश सभा सदस्यको मत पत्र भेटिएपछि मत गणना स्थगित भएको हो । नेकपा एमाले सहित १५ जना उम्मेदबारले पुनः मतदानको माग गरेको छ ।
नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेदबार मन्जुकु...











