लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा एमालेको बागी उम्मेदबारमा भलराज राई
उदयपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उदयपुरको लिम्चुङबुङ गाउँपालिकाबाट भलराज राईले स्वतन्त्र उम्मेदबार दर्ता गराएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट ६६ मतले अध्यक्षमा पराजित उम्मेदबार हुन् । उनले १ हजार २ सय ८१ मत ल्याउँदा विजयी उम्मेदबार मेजर राईले १ हजार ३ सय ४७ मत ल्याएका थिए । उनी तत्कालिन नेकपा एमाले माधव कुमार नेपाल निकट थिए । सर्वोच्च अदालतले नेकपा...













