थारुको प्राचिन इतिहास मेटाउन खोजिए सह्य नहुने : थारु अगुवा (फोटो फिचर सहित)
उदयपुर । थारुको पहिचान सहितको प्राचिन इतिहास मेटाउन खोजिए सह्य नहुने थारु अगुवाहरुले बताएका छन् । शनिबार उदयपुरको चौदण्डीगढी नगरपालिका ९ स्थित जन विकास माध्यमिक विद्यालय भिमामा थारु पहिचान विषयक विचार गोष्ठी कार्यक्रममा थारु अगुवाहरुले यस्तो बताएका हुन् ।
उदयपुर थारु जागरण समाज काठमाडौंको आयोजनामा भएको विचार गोष्ठीमा थारुको साँस्कृतिक, सामाजिक, राजनीतिक पहिचान तथा भाषा मेटाउन खोजिए सह्य नहुने थार...













