उदयपुरमा १३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

उदयपुरमा १३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का बिरामी रहेको आशंका गरिएका उदयपुरको १३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वाब परीक्षणका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएका १३ जना बिरामीको नतिजा नेगेटिभ आएको हो । विदेशबाट आएका त्रियुगा नगरपालिकाका आठ जना, बेलका नपाबाट एक जना र लिम्चुङबुङ गाउँपालिका चार जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमु...

उदयपुरबाट थप ४ जनाको स्वाब परीक्षणका लागी पठाइँयो

उदयपुरबाट थप ४ जनाको स्वाब परीक्षणका लागी पठाइँयो
उदयपुर । उदयपुरमा विदेशबाट आएर २ हप्ता बिताएका थप ४ जनाको स्वाब परीक्षणका लागी आइतबार बिपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । दुई हप्ताअघि कतार, दुबइँ र भारतबाट उदयपुर आएका उनीहरुको स्वाब परीक्षण अनिवार्य भएकाले परीक्षणका लागी धरान पठाइएको हो । कोरोनाको आशंका गरिएका चारै जनाको जिल्ला अस्पताल गाईघाटमा आईसोलेशनमा राखेर नमुना (स्वाब) संकलन गरि धरान पठाएको हो । स्वाब परीक्षणको लागि पठाइएको स...

चैत महिनामा विदेशबाट आएका सबैको कोरोना परिक्षण गरिने

चैत महिनामा विदेशबाट आएका सबैको कोरोना परिक्षण गरिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत लागेपछि विदेशबाट आकएका र कोरोना संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आएका सवैको कोरोना परिक्षण गरिने बताएको छ ।मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म १ हजार ५ सय २९ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिंदै चैत लागेपछि विदेशबाट आएका सवै, कैलाली, कञ्चनपुर र बाग्लुङ्का कोरोना संक्रमितहरुका आफन्त तथा उनीहरुको सम्र्पकमा आए...

गाईघाटको पेट्रोल पम्पहरुको अनुगमन

गाईघाटको पेट्रोल पम्पहरुको अनुगमन
उदयपुर । घरेलु तथा साना उद्योग कार्यालयले साझेदार निकायसंगको सहकार्यमा पेट्रोल पम्पको अनुगमन गरेको छ । लकडाउनको अवसरमा पेट्रोल पम्पले तेल नदिने तथा पछिल्लो पटक पेट्रोलियम पदार्थमा घटेको मूल्यमा विक्री वितरण नगरेको गुनासो बढेपछि तीन पम्पमा अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त निर्देशक पाक्रम खाँ चौधरीको नेतृत्वमा गरिएको हो ।अनुगमनमा एस.के. टे«डर्स पेट्रोल पम्प गाईघाट, रियाज पेट्रो...

लकडाउन उल्लंघन गर्नेलाई यस्तो मेसिनको सहायताले च्याप्पै पक्रदै

लकडाउन उल्लंघन गर्नेलाई यस्तो मेसिनको सहायताले च्याप्पै पक्रदै
काठमाडौ । नेपालमा कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेको शुक्रबार चौथो दिन भएको छ । प्रहरीले लकडाउन पालना नगरी घरबाहिर डुल्नेहरुलाई पक्रिनेक्रम जारी छ । प्रहरीले हातले समातेर लकडाउन उल्लंघन गर्नेलाई पक्रिँदा कोरोना संक्रमण सर्ने खतरा हुनेभएकाले मानिस पक्राउ गर्ने ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’ ल्याएको छ । यस मेनिको सहायताले अब मानसलाई टाढैबाट पक्रिन सक्ने छ । यो मेसिन आएसंगै लकड...

कोरोना भाइरसको जीवाणु मानिसको शरिरमा ३ महिनासम्म रहन सक्ने

कोरोना भाइरसको जीवाणु मानिसको शरिरमा ३ महिनासम्म रहन सक्ने
काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमणपछि निको भएका व्यक्तिमा पुनः संक्रमण दोहोरिएको पाइएको छ । जापानमा एक व्यक्तिमा कोरोनाको संक्रमण दोहोरिएको हो । बीबीसी हिन्दीका अनुसार पूर्णरुपले कोरोना मुक्त भएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो । तर केही समयपछि फेरि उनमा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।कोरोना भाइरस संक्रमण पुष्टि भएका ७० वर्षीय एक व्यक्तिलाई टोक्योको एक अस्पतालमा उपचार गरिएको ...

धरानमा शुक्रबारबाट कोरोना भाइरसको परीक्षण सुरु गर्ने

धरानमा शुक्रबारबाट कोरोना भाइरसको परीक्षण सुरु गर्ने
धरान, सुनसरी । विश्वमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमित व्यक्तिको रगतको नमूना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले शुक्रबारबाट शुरु गर्ने भएको छ । बीपीमा कोरोना भाइरसको परीक्षण सुरु गर्न लागिएको १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले जानकारी दिए । काठमाडौँबाट बुधवार कोरोना परीक्षणको लागि आवश्यक पर्ने किट पठाई सकेको र बिहीबार ...

कोरोना संक्रमित युवतीसँगै नेपाल आएका यात्रुहरुको विवरण सार्वजनिक (नामावलीसहित)

कोरोना संक्रमित युवतीसँगै नेपाल आएका यात्रुहरुको विवरण सार्वजनिक (नामावलीसहित)
उदयपुर । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ। प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ। चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि ...

जतिको रिचार्ज त्यति नै रकम बोनस पाइने

जतिको रिचार्ज त्यति नै रकम बोनस पाइने
काठमाडौं । रिचार्ज गरे बराबरको रकम बोनस दिन नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएको छ । नेपाल टेलिकम र एनसेलसहितका टेलिकम सेवा प्रदायकहरुलाई यस्तो निर्देशन दिइएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । उनका अनुसार प्रयोगकर्ताले १० रुपैयाँको रिचार्ज गरे १० रुपैयाँ बराबरकै बोनस दिने र १ हजार रुपैयाँ रिचार्ज गरे पनि सोही बराबरको बोनस दिन सेवा प्रदायकलाई निर्देशन दिइएक...

चीनमा फेरी नयाँ भाइरस ‘हान्ता’को आतंक

चीनमा फेरी नयाँ भाइरस ‘हान्ता’को आतंक
एजेन्सी । भर्खरै कोरोना भाइरसको संकटबाट पार खोज्दै गरेको चीनमा अर्को नयाँ भाइरसले आतंक मच्चाएको छ । चीनको युन्नान प्रान्तमा एक व्यक्तिको हन्ता भाइरसको कारण मृत्यू भएपछि यसबारे पत्ता लागेको हो । पीडित व्यक्ति कामको लागि बसबाट शाडोङ्ग प्रान्त फर्किरहेका थिए । उनमा हन्ता भाइरस पोजिटिभ देखिएको थियो । उनीसँगै बसमा सवार ३२ जनाको पनि स्वास्थ्य जाँच गरिएको छ । चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्समा प्रक...