भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना भएका युवकको मृत्यु, नमूना परीक्षणको रिपोर्ट आउन बाँकी
काठमाडौँ । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । वीरगञ्जका ३० वर्षीय ती युवकको मंगलबार बिहान मृत्यु भएको हो ।उच्च ज्वरो आएपछि उनलाई कोरोना भाइरसको सक्रमणको आशंकामा कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोनाको संक्रमण भए-नभएको भने पुष्टि भएको छैन ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मृत्यु भएका युवकमा कोरोना संक्रमण भए नभएको...













