काठमाण्डौँ । ह्वावे कन्ज्युमर बिजनेस ग्रुपले ह्वावे वाई सिरिजअन्तर्गतको स्टाइलिस नयाँ मोबाइलफोन ह्वावे वाई सेभेन पी नेपाली बजारमा सार्वजनिक गरेको छ । जीवनका रमाइला तथा अविस्मरणीय पलहरू कैद गर्नका लागि ४८ एमपीको मेन क्यामरासहितको ट्रिपल क्यामरा सिस्टम रहेको छ । यो स्मार्टफोन कालो (क्लासिक मिडनाइट ब्ल्याक) र नीलो (युनिक ओरोरा ब्लु) रंगहरूमा उपलब्ध छ । ४ जीबी र्यानम तथा ६४ जीबी स्टोरेज भएको यस ह्वावे वाई सेभेन पी को मूल्य नेपाली बजारमा २३ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ ।
अल–राउण्ड फोटो खिच्ने अनुभव
यसमा एफ÷ १.८ वाइड एपर्चर लेन्ससहितको ४८ एमपीको मेन क्यामरा रहेको छ जसमार्फत् हाई रेजलुसनको तस्वीरहरू लिन मिल्दछ । यसमा रहेको ८ एमपीको अल्ट्रा वाइड क्यामराले ल्यान्डस्केप सटहरू, समूहमा खिचिने फोटोहरू तथा वाइड एंगल भिडिओ खिच्नका लागि १२० डिग्री फिल्ड अफ भ्यूलाई सपोर्ट गर्दछ साथै यसमा कुनै पनि आकर्षक पोट्रेटहरू खिच्नका लागि चाहिने डेप्थ अफ फिल्ड इफेक्ट सपोर्ट गर्ने २ एमपीको डेप्थ असिस्ट क्यामरा रहेको छ ।
ठूलो १÷२ ईन्च सेन्सर भएको ह्वावे वाई सेभेन पी कम प्रकाश भएको ठाउँमा पनि आकर्षक फोटोहरू खिच्दछ । साथै नाइट मोडले पनि ६ सेकेण्डभित्र खिचिने फोटोहरूका लागि स्टेबलाइजेसन सपोर्ट गर्दछ । ह्वावे वाई सेभेन पीमा एआई सिन रेकग्निशन क्यामराहरू रहेको छ जसले रियर क्यामराहरूलाई पाँच सयभन्दा बढी सिनहरू चिन्दछ र रियल टाइम कस्टम म्यानेजमेन्ट इन्ह्यान्समेन्ट गर्दछ ।
ग्राहकलाई लोभ्याउने खालको डिस्प्ले
शोस्टपरका रुपमा डिजाइन गरिएको ह्वावे वाई सेभेन पी मा आकर्षक पन्च फूल भ्यू डिस्प्ले जडित रहेको छ । ६.३९ ईन्च अग्लो र थोरै बेजल भएको यस मोबाइलफोनले १५६०x७२० एचडी प्लस रेजलुसन सपोर्ट गर्दछ ।
सन्तुलित तथा दिगो कार्यक्षमता
किरिन ७१० एफमा आधारित रहेको प्रयोग गर्न सजिलो इन्टेलिजेज्ट ईएमयूआई ९.१ ह्वावे वाई सेभेन पी को उत्कृष्ट कार्यप्रदर्शन र मनोरञ्जनसम्बन्धी एपहरू चलाउँदा प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्दछ ।
प्रि–इन्टल्ड ह्वावे एपग्यालरी
ह्वावे वाई सेभेन पीको कोरमा ह्वावे मोबाइल सर्भिसेस– एचएमएस जडित छ जसमार्फत् प्रयोगकर्ताहरूले आफ्नो मोबाइलफोनमा एपहरू सजिलै डाउनलोड गर्न सक्ने प्लेटफार्म रहेका छ ।
थर्पे स्टाइलिश तथा व्यवहारिक डिजाइन
– ट्रेन्ड सेटिङ पन्च फूल भ्यु डिस्प्ले
– विशेष डिस्प्ले प्यानल
– मोबाइलफोन इन्डष्ट्रीकै अग्रणी ब्लाइन्ड होल सलुसन
एआई असिस्टेड क्यामराका साथमा प्रोफेशनल फोटो
– ४८ एमपी मेन क्यामरासहितको रियर ट्रिपल क्यामरा
– फोटो तथा भिडिओ सेयर गर्नका लागि १२० डिग्री एंगल अफ भ्यू
– परिष्कृत नाइट मोड
– एआई सिन रेक्गनिशन
– ब्याकलिट फोटोग्राफीका लागि एचडीआर मोड
– वाइड एपर्चर इफेक्टहरू
– फ्रन्ट फेसिङ ८ एमपी सेल्फी क्यामरा
दिगो ब्याट्री आयु
– ४ हजार एमएएचको ठूलो ब्याट्री
उत्कृष्ट स्मार्टफोन कार्यक्षमता
– किरिन ७१० एफ ः उच्च प्रदर्शन तथा कम पावर खपत गर्ने
– फुल सिन एक्सलरेसन
– ४ जीबी र्याचम तथा ६४ जीबी स्टोरेज
ईएमयूआई ९.१ का कारण रोचक मोबाइलफोनको प्रयोगको अनुभव
– इनोभेटिभ फाइल सिस्टमका कारण थप सम्भाव्यताहरू सम्भव
– सुरक्षित तथा छिटो अनलकका लागि फेस अनलक २.०
– आँखाका लागि टियूभी रेइन्ल्याण्ड सर्टिभाइड आई कमर्फट मोड
– ह्वावे हिसन ६.० सराउण्ड साउण्ड
– डुअल सिम तथा ५१२ जिबीसम्मको मेमोरी कार्ड लागि ट्रिपल स्लट

तपाईको प्रतिक्रिया