काठमाडौ । नेपालमा कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेको शुक्रबार चौथो दिन भएको छ । प्रहरीले लकडाउन पालना नगरी घरबाहिर डुल्नेहरुलाई पक्रिनेक्रम जारी छ ।
प्रहरीले हातले समातेर लकडाउन उल्लंघन गर्नेलाई पक्रिँदा कोरोना संक्रमण सर्ने खतरा हुनेभएकाले मानिस पक्राउ गर्ने ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’ ल्याएको छ ।
यस मेनिको सहायताले अब मानसलाई टाढैबाट पक्रिन सक्ने छ । यो मेसिन आएसंगै लकडाउन उल्लंघन गरी सडकमा आउने मानिसलाई उपत्यकामा मेसिनबाट समातिनेछन् । निश्चित शारीरिक दूरी कायम गर्ने गरी मेसिनबाट प्रहरीले मानिस पक्राउ गरिरहेको छ ।
महानगरीय प्रहरी काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले यो मेसिनको प्रयोगले निश्चित दूरी कायम गर्ने भएकाले केही सुरक्षित हुने बताएका छन् ।
हालसम्म यस मेसिनको सहायताले ५० भन्दा धेरैलाई पक्राउ गरिसकिएको बोगटीले बताएका छन् ।









