कोशी कोरिडोर समृद्धिको आधार, निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री कार्की
उदयपुर । प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले उदयपुरको भाग्य र भबिष्य सँग जोडिएको कोशी कोरिडोर (घुर्मी–चतरा सडक) निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । उदयपुरको ताप्ली गाउँपालिका स्थित यारी खोलामा प्रदेश सरकारद्धारा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटन गर्दै मन्त्री कार्कीले उक्त कुरा बताएका हुन ।
मन्त्री कार्कीले म पनि यही भेगको स्थानीय भएकाले यस क्षेत्...













