सांसद सरिता गिरीविरुद्ध जन्मकैदको माग सहित जाहेरी दर्ता
काठमाडौं । समाजबादी पार्टीकी सांसद सरिता गिरीविरुद्ध महानगरीय प्रहरी कार्यालय टेकुमा शुक्रबार बेलुका जन्म कैदको माग गर्दै जाहेरी परेको छ । जाहेरीमा गिरीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ को (५ क) उपदफा १० वा २० बमोजिमको कसुरमा कारबाहीको माग गरिएको छ । उक्त कानुनमा राज्यविरुद्ध कसुर ठहर भएका जोकोहीलाई जन्मकैदको सजाय हुने व्यवस्था छ । गिरीले नेपाली भूमी लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा ज...













