काठमाडौं । नेकपाका युवा नेता राम प्रसाद रिजालले नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई विवाहसँगै नागरिकता दिनुपर्ने कांग्रेसको माग स्विकार्नु राष्ट्रको लागि घातक भएको बताएका छन । 
नेकपाले राखेको प्रस्ताव विवाहपछि लगातर नेपालमा ७ बर्ष वसेपछिपछि अगिकृत नागरिकता दिने प्रस्ताव सही भएकाले ब्यवस्था लागू गर्नुपर्ने नेता रिजालले जोड दिए ।
कांग्रेस र मधेसबादी दलहरु किन नागरिकता जस्तो विषयमा संवेदनशील छैनन ? भन्दै नेता रिजालले प्रश्न गरे । उनले भने, ‘किन सरिता गिरीहरु जस्ता देशद्रोही अझै धेरै जन्माउन कांग्रेस जस्तो पार्टी न्वारन देखिको बल लगाईरहेको छ ।’ दोहोरो नागरिकता खारेज गर्नु पर्नेमा नेता रिजालले जोड दिए ।
नेता रिजालले नामै लिएर भने, ‘सरिता गिरी, राजेन्द्र महतो, अमरेश कुमार सिंह लगायत मधेसी मूलका नेताहरुले दोहोरो नागरिकता लिएको भन्ने कुराहरू संचार माध्यममा आइरहेको छ । यसरी दोहोरो नागरिकता लिनेहरू माथि सरकारले तुरुन्तै छानविनको दायरामा ल्याएर कारवाही गर्नुपर्छ ।’ नागरिकता दिने कुरा पसलमा गएर सलाई किने जस्तो नभएकोले काँग्रेसलाई आफ्नो अडान छोड्न नेता रिजालले अनुरोध गरे । नेपालको नागरिकता ऐन विधेयक २०६३ लाई संशोधन गर्न संसदमा दफार छलफल भइरहेको छ ।









