विद्युतको प्रशारण लाइनको टावर अन्यत्र सार्न माग गर्दै कटारी नगरपालिकामा तालाबन्दी

विद्युतको प्रशारण लाइनको टावर अन्यत्र सार्न माग गर्दै कटारी नगरपालिकामा तालाबन्दी
कटारी । उदयपुरको कटारी नगरपालिकामा सोलु करिडोर विद्युत प्रशारण लाइनको विवादले नगरपालिकामा तालाबन्दी गरेको छ । कटारी नगरपालिका ४ मरुवा स्थित मरुवाका स्थानीयले नगरपालिकामा तालाबन्दी बन्दी गरेको छ । विद्युत प्रशारण लाइनको टावर मरुवा सामुदायिक वनमा निर्माण गर्न र वस्तीमा टावर निर्माण गर्न नदिने अडान सहित तालाबन्दी गरेका छन् । अहिले निर्माणधिन रहेको सोलु करिडोर प्रशारण लाइनको विवादित क्षेत्रमा सयौँको ...

सोलु करिडोर समस्या समाधान प्रहरी परिचालन होइन, छलफलबाटै खोजौ : मेयर श्रेष्ठ

सोलु करिडोर समस्या समाधान प्रहरी परिचालन होइन, छलफलबाटै खोजौ : मेयर श्रेष्ठ
कटारी । कटारी नगरपालिका वडा नम्बर ४ मरुवा स्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माण २ वर्षयता रोकिएको छ । उक्त क्षेत्रमा स्थानीयले क्षति पुर्याउने भन्दै अन्यत्रैबाट टावर निर्माण गर्न र वस्तीमा टावर निर्माण गर्न नदिने अडान कायमै राखेका छन् । अहिले निर्माणधिन रहेको सोलु करिडोर प्रशारण लाइनको विवादित क्षेत्रमा सयौँको संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानीयले क...

त्रियुगा नगरका मेयरद्वारा १३१ औं अन्तर्राष्ट्रिय मजदुर दिवसमा दिएको वाचा पुरा

त्रियुगा नगरका मेयरद्वारा १३१ औं अन्तर्राष्ट्रिय मजदुर दिवसमा दिएको वाचा पुरा
उदयपुर । उदयपुरमा १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरुको लागि त्रियुगा नगरपालिकाले विशेष राहत प्याकेज घोषणा गरेको थियो । नगरभित्रका सम्पूर्ण मजदुरहरुलाई निःशुल्क बैंक खाता खोली दिने १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै घोषणा गरेको थियो । ‘एक श्रमिक एक निःशुल्क खाता, विपद्का बेला हामी छौँ साथ’ भन्ने नाराका साथ श्रमिक दिवसको अवसरमा विशेष राहत प्याकेजको घोषणा गरेकोमा ...

स्थानीय युवाहरुको समूहले वडा कार्यालयमा ताला बन्दी

स्थानीय युवाहरुको समूहले वडा कार्यालयमा ताला बन्दी
कटारी । उदयपुरको कटारी नगरपालिका ८ नं. वडा कार्यालयमा स्थानीय युवाहरुको समूहले ७ बुद्धे माग सहित ताला बन्दी गरेको छ । सोमबार एक प्रेस बिज्ञप्ती जारि गरि गर्दै वडा कार्यालय तालाबन्दी गरेको हो । वडाअध्यक्ष कमल श्रेष्ठ समक्ष चार दिने अल्टीमेटम सहित ज्ञापन पत्र बुझाएकोमा आफ्नो मागहरु सम्बोधन नभएका भन्दै वडा कार्यलयमा तालाबन्दी गरेको स्थानीय युवा नविन तामाङले बताए । २०७४ साल देखि हालसम्म विकास पूर्वाध...

बेलका नगरपालिकामा थप ५ वटा कबुलियती वन ब्लक दर्ता प्रक्रिया अघि बढ्यो

बेलका नगरपालिकामा थप ५ वटा कबुलियती वन ब्लक दर्ता प्रक्रिया अघि बढ्यो
सुखिलाल चौधरी, उदयपुर -  उदयपुरको बेलका नगरपालिकामा थप ५ वटा कबुलियती वन ब्लक बनाउने प्रस्ताव अघि सारेको छ । डिभिजन वन कार्यालय उदयपुर, प्रदेश नं. १ वन निर्देशनालय एवं वन तथा भू–संरक्षण विभागबाट बेलका नगरपालिकामा थप ५ वटा कबुलियती वन ब्लक बनाउने प्रस्ताव अघि सारेको छ । बेलका नगरपालिका वडा नं. ३ मा ३ वटा ब्लक र वडा नं. ८ मा २ वटा ब्लक बनाउने प्रस्ताव अघि बढेको छ । बेलका नगरपालिका ३ मा १०७ दश...

कबुलियत वन फिर्ता नभए त्यसको मूल्य सरकारले चुकाउनु पर्ने : निवर्तमान सांसद खड्का

कबुलियत वन फिर्ता नभए त्यसको मूल्य सरकारले चुकाउनु पर्ने : निवर्तमान सांसद खड्का
उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने निवर्तमान सांसद, पूर्वमन्त्री डा नारायण खड्काले पनि कबुलियत वन गठनको निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे । हजारौँ मानिसलाई विस्थापित गराउने यो निर्णय फिर्ता नभए सरकारले त्यसको मूल्य चुकाउनु पर्ने उनको चेतावनी छ । निवर्तमान सांसद खड्काले आफ्नो फेसबुक स्टाट्स लेख्दै बेलका नगरपालिकाका प्रमुखको सिफारिमा त्यस नगरपालिका वडा नं. २...

कबुलियती वन दर्ताको लागि सिफारिस दिएको छैन भन्दै मेयर थापाले दोस्रो पटक जनता ढाँटे

कबुलियती वन दर्ताको लागि सिफारिस दिएको छैन भन्दै मेयर थापाले दोस्रो पटक जनता ढाँटे
उदयपुर । उदयपुरको बेलका नगरपालिका कोशी टप्पु क्षेत्रको स्थानीयहरुको जग्गालाई कबुलियत वन बनाउन बेलका नगरपालिकाले सिफारिस नदिएको भनेर स्थानीयलाई फेरी ढाँटेका छन । बुधबार भएको घटनाको सम्बन्धमा जारी विज्ञप्तिमा मेयर दुर्गा कुमार थापा (स्वस्तिक) ले कबुलियत वन बनाउने भनेर सिफारिस नगरेको दाबी गरेपनि २०७७ पुस २९ गतेको नगरपालिकाले डिभिजन वनकार्यालय गाईघाटलाई कबुलियत वन बनाउन सिफारिस दिएको प्रमाण यस अघि ...

विपक्षी गठबन्धनका विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला जलाए

विपक्षी गठबन्धनका विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला जलाए
उदयपुर । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले उदयपुरमा प्रधानमन्त्री केपी ओलीको पुत्ला जनाएका छन् । बुधबार विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले उदयपुरको सदरमुकाम गाईघाटमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । असंवैधानिक ढंगले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै आन्दोलित भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका...

कबुलियती वन विवाद : झडपमा एक दर्जन बढी घाइते, १६ स्थानीय प्रहरी नियन्त्रणमा (तस्विरसहित)

कबुलियती वन विवाद : झडपमा एक दर्जन बढी घाइते, १६ स्थानीय प्रहरी नियन्त्रणमा (तस्विरसहित)
सुखिलाल चौधरी, उदयपुर । उदयपुरको बेलका नगरपालिकामा बुधबार कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप हुँदा एक दर्जन बढी घाइते भएको छ । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले कोशी टप्पु क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीले भोगचलन गर्दै आएको ऐलानी जग्गालाई कवुलियत वन बनाउन सिफारिस गरेपछि गाउँलेहरु नगरपालिका घेराउन गरेपछि प्रहरीसँग झडप भएको थियो । (more…)

बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप, २५ राउण्ड अश्रुग्यास सहित १० राउण्ड हवाई फायर

बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप, २५ राउण्ड अश्रुग्यास सहित १० राउण्ड हवाई फायर
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप भएको छ । नेपाल सरकारको जेष्ठ ६ गतेको निर्णय अनुसार बेलका नगरपालिका ३ स्थित कोशी टप्पुको करिव १७६ दशमलव २३ हेक्टरमा कबुलियती वन बनाउने निर्णयसँगै स्थानीय आन्दोलित भएको छ । कबुलियती वन ठेक्का लिने बराह हर्बल एण्ड एग्रो प्रा.लि. सुनसरीका संचालक निलहरि काफ्लेले स्थानीयलाई उठाउने प्रयास भएपछि स्थानीयहरु नगरपालिका घेर्न आ...