४ शिक्षक १२ विद्यार्थी : कखरा समेत आउँदैन पढेका विद्यार्थीलाई
उदयपुर, उदयपुर जिल्लालाई साक्षर जिल्ला घोषणाको तयारी अन्तिम चरणमा पुगेको समयमा एक विद्यालयका विद्यार्थीहरुलाई कखरा समेत नआउँने तथ्य फेला परेको छ । जिल्ला समन्वय समितिको आयोजनामा उदयपुरलाई साक्षर जिल्ला घोषणा अहि फागुन ५ गते गाईघाटमा गर्ने कार्यक्रम तय भएको छ ।
तर, अधिकांश आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई कखरा समेत नआउनु भनेको शिक्षाको स्थिति कस्तो रहेको प्रश्न चिन्ह खडा भएको छ । कटारी नग...








