उदयपुरमा ६४ संक्रमित थपिए, एकको मृत्यु
उदयपुर । उदयपुरमा शुक्रबार थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय २९ जना पुगेको हो । ३२ पुरुष र ३२ महिलामा शुक्रबार संक्रमाण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरकाअनुसार आज त्रियुगा नगरपालिका, लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा संक्रमण पुष्टि भएको छ । सबै भन्दाबढी त्रियुगामा २४ पुरुष र १९ महिला गरी ४३, लिम्चुङबुङमा ७ पुरुष र १...












