उदयपुरमा चिसोले मुसहर बस्ती प्रभावित (फोटो फिचर)

उदयपुरमा चिसोले मुसहर बस्ती प्रभावित (फोटो फिचर)
सुखिलाल चौधरी,उदयपुर, माघ ९, पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र अचानक बढेको चिसोले उदयपुरको जनजीवन प्रभावित भएको छ । एक्कासी बढेको चिसो र सिमसिम पानी पर्न थालेपछि उदयपुरका मुसहर बस्ती नराम्ररी प्रभावित भएको छ । चिसो हावा र सिमसिम पानीले स्थानीय मुसहर समुदायका केटाकेटीहरु र युवाहरु पतकर, दाउराको खोजीमा निस्केका छन भने बुढाबुढी आगो तापेर दिन विताई रहेको छ । यस्तै केटाकेटीहरु विभि...

उदयपुर मैनामैनी महोत्सव असफलताको भित्री कुरा

उदयपुर मैनामैनी महोत्सव असफलताको भित्री कुरा
उदयपुर बेलका नगरपालिका वडा–७ ले आयोजना गरेको प्रथम मैनामैनी पर्यटन महोत्सव–२०७५ नराम्ररी असफल भयो । कुनै पनि योजना असफल र असफल हुनुमा आन्तरिक र वाह्य कारणहरुले भूमिका खेलेको हुन्छ । अझ कुशल योजनाकारहरुले कार्यक्रम असफल हुनुमा वाह्य कारणभन्दा आन्तरिक कारणलाई बढी जोड दिएको हुन्छ । कार्यक्रम असफल हुनुमा ८० प्रतिशत आन्तरिक र २० प्रतिशत वाह्य कारण हुने मान्यता छ । अर्थात, जुन कार्यक्रम असफल हुन्छ,...

सिमेन्ट प्याकिङमा डिजिटल उपकरण जडान

सिमेन्ट प्याकिङमा डिजिटल उपकरण जडान
उदयपुर, उदयपुर सिमेन्ट उद्योगले उत्पादन मात्र बढाएको छैन, एकपछि अर्को सुधारको काम पनि गर्दै लगेको छ । सिमेन्ट प्याकिङ गर्दा तौलमा घटीबढी हुन नदिन ‘डिजिटल प्याकिङ’ उपकरण पनि भर्खरै जडान गरिएको छ । गैंडा ब्रान्डको सिमेन्ट उत्पादक उद्योगलाई आधुनिकीकरण गर्दै लाने क्रममा डिजिटल प्याकिङ जडान गरिएको नायव महाप्रबन्धक धुर्व बहादुर देवकोटाले बताए । यो उपकरणले सिमेन्ट प्याक गर्दा तौलमा घटबढ हुन दिँदैन । यसअ...

बेतिनी भन्ज्याङ प्रचार प्रसार नहुँदा ओझेलमा (फोटो फिचर)

बेतिनी भन्ज्याङ प्रचार प्रसार नहुँदा ओझेलमा (फोटो फिचर)
उदयपुर, झट्ट हेर्दा पूर्वकै प्रसिद्ध पर्यटकीय स्थल भेडेटार जस्तै लाग्ने, घन्टैपिच्छे मौसम परिवर्तन भइरहने र हिमाल, पहाड र तराईका सुन्दर दृश्य अवलोकन गर्न सकिने उदयपुरको कटारी नगरपालिका वडा नं ११ स्थित बेतिनी भन्ज्याङ प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ । नेपालकै प्रसिद्ध पर्यटकीय स्थल भेडेटार बराबरकै उचाई र समान मौसमी अबस्था हुँदा हुँदै पनि सरोकारवाला निकायको वेवास्ताले यो क्षेत्र ओझेलमा परेको हो ...

सप्तरीमा प्रहरी इन्काउन्टरमा दिपेन्द्र चौधरीको मृत्यु (फोटो सहित)

सप्तरीमा प्रहरी इन्काउन्टरमा दिपेन्द्र चौधरीको मृत्यु (फोटो सहित)
सप्तरी,प्रहरी इन्काउन्टरमा सप्तरीमा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दिपेन्द्र जयसवल भन्ने दीपेन्द्र चौधरी मारिएका हुन् । प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख हरिबहादुर पालले प्रहरी मुठभेडमा उनको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ ग...

मृगौला पीडितलाई कतारमा श्रम गर्नेहरुको सहयोग

मृगौला पीडितलाई कतारमा श्रम गर्नेहरुको सहयोग
उदयपुर, उदयपुर त्रियुगा नगरपालिका ६ लालपत्ताका दुवै मृगौला पीडित वर्ष ४३ की यसोदा खड्काको उपचारका लागि दोहा कतारमा श्रम गर्नेहरुले सहयोग गरेका छन् । रोजगारको क्रममा दोहा कतार बसेका नेपालीहरुले आर्थिक सहयोग संकलन गरेर १ लाख ६५ हजार १ सय २२ रुपैया मंगलबार लालपत्तामा पिडितलाई आफ्न्तलाई हस्तान्तरण गरिएको छ । नेपाली सहयोगी मन दोहा कतार, मृगौला पीडित यसोदा खड्कालाई सहयोगार्थ भन्दै कतारलाई कर्म थलो बनाई...

महिलाहरुलाई उन्नत जातको बाख्रा वितरण

महिलाहरुलाई उन्नत जातको बाख्रा वितरण
रिता राउत, उदयपुर, विपन्न र दलित परिवारका महिलाहरुको स्तर उन्नतीका लागि उन्न जातको बाख्रा वितरण गरेको छ । सोमबार त्रियुगा नगरपालिका १६ स्थित सुकौरामा २२ वटा उन्नत जातको बाख्रा वितरण गरिएको हो । वडा कार्यालयको २ लाख आर्थिक सहयोगमा ज्योती महिला बहुउद्देश्य सहकारी संस्था सुकौराको आयोजनामा विपन्न ६ घरका महिला र दलित ५ महिलाहरुलाई दुई वटाको दरले २२ वटा बाख्रा वितरण गरिएको हो । त्रियुगा नगरपालिका १६ मा ...

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

काठमाण्डाै – सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका छन् । उनीहरुले सोमबार काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गरेका छन् । लामिछानेले आफ्नो फेसबुक पेजमा निकितासँगकाे फाेटाे राखेर लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाण्...

हिँडडुल गर्न लौरोको सहारा, दुई घण्टा हिँडेर विद्यालय

हिँडडुल गर्न लौरोको सहारा, दुई घण्टा हिँडेर विद्यालय
उदयपुर, मलिनो अनुहार, पिठ्युँमा किताबको भारी । दुवै हातमा काठका लौरो । ती लौरी १३ वर्षीया लालकुमारी मगरका पाइलालाई अघि बढ्ने साहरा हो । किनकि, हरेक पाइलामा लौरीको सहारा चाहिन्छ । जन्मँदै अपांगता भएकी उदयपुरगढी गाँउपालिका–५ बोर्राबोटेकी लालकुमारी श्री पञ्चावती उच्च माध्यमिक विद्यालय उदयपुरगढीमा कक्षा ५ पढ्छिन् । ‘दुवै खुट्टाले राम्ररी टेक्नु हुँदैन,’ लौरीको साहारमा उभिँदै उनले भनिन्, ‘विद्यालय आउँ...

सिंहदरवारका कर्मचारी अवसरबादी : उपाध्यक्ष पोखरेल

उदयपुर, निजामती कर्मचारीहरुको संस्था आधिकारिक ट्रेड युनियका केन्द्रिय उपाध्यक्ष भोला पोखरेलले सिंहदबारका कर्मचारीलाई अवसरबादीको संज्ञा दिएका छन् । नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र राष्ट्रसेवक बहुउदेश्यीय सहकारी सँस्था उदयपुरले शनिबार संयुक्त रुपमा आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै उनले सिंहदरबारका कर्मचारी राष्ट्रसेवक नभइ अवसरबादी भएको बताए । स्थानीय तहमा बसेर जन...