शान्तिधाम संचालनार्थ २० लाख ५५ हजार बराबरको अक्षय कोष स्थापना

शान्तिधाम संचालनार्थ २० लाख ५५ हजार बराबरको अक्षय कोष स्थापना
उदयपुर । उदयपुरको शान्तिधाम परिषरमा कात्तिक १ गतेदेखि ८ गतेसम्म भएको श्रीमद् भागवत महापुराण पितृमुक्ति सप्ताह ज्ञान महायज्ञको आय व्याय सार्वजनिक गरेको छ । महापुराणबाट उठेको रकम मध्ये २० लाख ५५ हजार ५ सय ५५ रुपैया बराबरको शान्तिधाम संचालनार्थ अक्षय कोष स्थापना गर्ने समितिले निर्णय गरेको छ ।महापुराणमा भेटी,अक्षयकोष, विभिन्न पूजाकर्म तथा आफन्तजनको स्मृतिमा प्रदान गरेको रकमसहित ३२ लाख ३५ हजार ५ सय ५९ ...

उदयपुरमा मोटर साइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उदयपुरमा मोटर साइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
उदयपुर । उदयपुरको जलजले–मुर्कुची सडकखण्डको चुहाडेमा बुधबार साँझ ५ बजेको समयमा सडक दुर्घटनामा एक युवाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । तिब्रगतिमा कुदेको स.२ प ८७८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा लड्दा सिरहाको सुखिपुर नगरपालिका ७ का ३० वर्षिय अभिनान ठाकुरको ज्यान गएको हो । मोटरसाईकलको पछाडि सवार ठाकुरलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएपनि अस्पतालले मृत घोषणा गरेको थियो...

उदयपुरमा चर्च भवन सहित दुई घरमा आगलागी

उदयपुरमा चर्च भवन सहित दुई घरमा आगलागी
उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडाको सगरमाथा विकास टोलमा बुधबार साँझ चर्च भवन सहित दुई घरमा आगलागी भएको थियो । एक चर्चको भवन, दानबहादुर परियार र मनकुमारी राईको घरमा आगलागी हुँदा करिव ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी विरबहादुर बुढामगरले जानकारी दिए । प्रहरीले दिएको जानकारी अनुसार दानबहादुरको घरबाट सुरु भएको आगो मनकुमारीको घर हुँदै चर्चमा पुगेको थियो । ...

तराईमा छठ पर्वको चहलपहल सुरु,मुख्य विधि बिहीबारदेखि

तराईमा छठ पर्वको चहलपहल सुरु,मुख्य विधि बिहीबारदेखि
काठमाण्डौं । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि सुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर...

उदयपुरमा कुखुराको खोरबाट जुहाडे राउत सहित ७ जना तास खेलाडी पक्राउ

उदयपुरमा कुखुराको खोरबाट जुहाडे राउत सहित ७ जना तास खेलाडी पक्राउ
उदयपुर । उदयपुरमा कुखुराको खोरमा तास खेलिरहेको अवस्थामा जुहाडे राउत सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति ११ बजेको समयमा त्रियुगा नपा ७ चुहाडे कालीखोला स्थित डिल्लीशेर राई को कुखुराको खोरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ७ चुहाडे कालिखोला बस्ने बर्ष ४५ वर्षिय जुहाडे राउत, सोही ठाउँका ३४ वर्षिय पेसल राउत, ३९ वर्षिय डिक बहादुर कार्...

प्रेमको प्रतीक सामाचकेवा पर्व सुरु

प्रेमको प्रतीक सामाचकेवा पर्व सुरु
उदयपुर / थारु समुदाय तथा मिथिलाञ्चलमा भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल द्वितिया तिथि अर्थात आजदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि आजै कलात्मक मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो । यो पर्वका लागि ...

दिदी बाङ्गो टीका नलगाएको पनि १७ बर्ष बित्यो

दिदी बाङ्गो टीका नलगाएको पनि १७ बर्ष बित्यो
पूजयनीय दिदी, रातो सलाम अनि सम्झना ल, बाहिर देउसी र भैलिनी गाउनेहरु आई रहदा तिमी र म पल्लो गाउँमा भैली अनि देउसी गाउन गएको संझनाले सतायो । दिदी आज तिमी र म सानोमा लडाई खेलेको खुव याद आएको छ । कता कता तिम्रो यादमा १७ साल देखी खाली रहेको निधार खाली नै राख्ने मनमनै अठोट पनि गरें दिदी । घुम्दै फिर्दै यसपाली पनि तिहार आयो । तिहार आएको सैकेत आगन डिलमा फुलेका मखमली र सयपत्रीले सम्झाए अनि टि.भी. र एफ ए...

आज भाइटीका : शुभसाइत बिहान ११ः५५ बजे, याे दिशामा फर्केर टिका ग्रहण गर्नु उत्तम

आज भाइटीका : शुभसाइत बिहान ११ः५५ बजे, याे दिशामा फर्केर टिका ग्रहण गर्नु उत्तम
काठमान्डाैं / प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ । दिदीबहिनीले दाज...

गाईघाटमा भिषण आगलागी हुँदा ७० लाख बढीको क्षति (फोटो फिचरसहित)

गाईघाटमा भिषण आगलागी हुँदा ७० लाख बढीको क्षति (फोटो फिचरसहित)
उदयपुर । उदयपुरको गाईघाटमा आइतबार राति करिव ११ बजेको समयमा कपडा पसलमा विषण आगलागी हुँदा ७० लाख बढीको क्षति भएको छ । त्रियुगा नगरपालिका ११ स्थित विपी चौक नजिक सिताराम कार्कीको घर तथा कृषि विकास बैंक भएको पुरानो घरमा रहेको कपडा पसलमा आगलागी हुँदा ७० लाख बढीको क्षति भएको छ । दिपावलीको दिन मानिसहरु लक्ष्मी पुजा गर्नुको साथै देउसी भैलो खेल्न व्यस्त रहेको समयमा विद्युत सर्ट भई आगलागी हुँदा प्रारम्भिक व...

तिहारको तेस्रो दिन गाई, गोरु र कृषक पूजा

तिहारको तेस्रो दिन गाई, गोरु र कृषक पूजा
काठमाण्डौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत...