उदयपुर । उदयपुरको गाईघाटमा आइतबार राति करिव ११ बजेको समयमा कपडा पसलमा विषण आगलागी हुँदा ७० लाख बढीको क्षति भएको छ । त्रियुगा नगरपालिका ११ स्थित विपी चौक नजिक सिताराम कार्कीको घर तथा कृषि विकास बैंक भएको पुरानो घरमा रहेको कपडा पसलमा आगलागी हुँदा ७० लाख बढीको क्षति भएको छ ।
दिपावलीको दिन मानिसहरु लक्ष्मी पुजा गर्नुको साथै देउसी भैलो खेल्न व्यस्त रहेको समयमा विद्युत सर्ट भई आगलागी हुँदा प्रारम्भिक विवरण अनुसार फेन्सि कपडा, र्यापक र थानको कपडा जली अन्दाजी ७० लाख बढीको क्षति हुन पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबदादुर बुढामगरले जानकारी दिए । उनका अनुसार लक्ष्मी पुजाको दिन करिव राति ११ बजे आगो लागेपछि छिमेकीले थाह पाएपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरी घटनास्थल आईपुग्दा सटर फुटाउँदा पसलको कपडाहरु पूर्णरुपमा जलिसकेको एसपी मगरले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, त्रियुगा नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा ११ः३० बजे आगो नियन्त्रणमा आएको थियो ।
कपडा पसलमा झापा जिल्लाका सिवसतासी नगरपालिका ३ का खेम नेपाल, झापा कमला गाउँपालिका ४ का नारायण पाण्डे र त्रियुगा नगरपालिका २ खैजनपुरका मोहन कार्कीको संयुक्त लगानीमा संचालनमा थियो । क्षतिको बारे पूर्ण विवरण आउँन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । 




















