भोजपुरमा प्रहरी र चन्द समूह कार्यकर्ताबीच भिडन्त, दुईको मृत्यु
काठमाडौं / भोजपुरमा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको छ । सदरमुकामको शनिबारे हटिया लाइनमा बुधबार बिहान सवा आठ बजेतिर गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको हो ।
प्रहरीको जवाफी फायरिङका विप्लवका एक कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले बताएको छ । सदरमुकाममा विप्लव कार्यकर्ता हतियारसहित प्रवेश गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोल...












